कति छ आज फलफूल तथा तरकारीको भाउ ?


२३ माघ २०८०, मंगलवार
kalimati

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २५०, किवी ३००, आभोकाडो ३००, अम्बा १२० र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६०, लोकल सानो गोलभेडा ३५, अदुवा २२०, रातो आलु र रातो भारतिय आलु २८ रूपैयामा कारोबार हुँदा स्थानीय काउली २५, लौका ६०, कागती २००, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३०, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ८०, राजमा घिउ सिमी ११०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ७० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ७० र जिरीको साग ८० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६०, हरियो प्याज ११० र पुदीना ३५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ६०, चाइनिज सुकेको लसुन ३४०, हरियो लसुन ११० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ७०, भिण्डी ११० र हरियो धनिया ११० रुपैयाँ पाइने समितले जनाएको छ । उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५०, रहु माछा ३५० र मंगुरी माछा ३१० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७