एसियन कप फुटबलमा दक्षिण कोरियालाई हराउँदै जोर्डन फाइनलमा


२४ माघ २०८०, बुधबार
as

काठमाडौँ । दक्षिण कोरियालाई हराउँदै जोर्डन एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कतारमा जारी प्रतियोगितामा हिजो भएको पहिलो सेमिफाइनलमा जोर्डनले दक्षिण कोरियालाई २–० ले हराएर फाइनल प्रवेश गरेको हो । जोर्डनका लागि याजान अल नैमात र अल तमारीले एक–एक गोल गरेका थिए ।

क्वार्टर फाइनलमा जोर्डनले ताजकिस्तानलाई र दक्षिण कोरियाले अस्ट्रेलियालाई हराएको थियो । जोर्डनले अब फाइनलमा आज कतार र इरानबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ । फाइनल खेल शनिवार हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७