इरानलाई हराउँदै आयोजक कतार एशियन कपको फाइनलमा


२५ माघ २०८०, बिहीबार
qatar.jpg 2

काठमाडौं । आयोजक कतार एशियन कपको फाइनलमा पुगेको छ । बुधबार राति सम्पन्न सेमिफाइनल खेलमा इरानलाई ३–२ गोल अन्तरले पराजित गर्दै कतार फाइनलमा पुगेको हो ।

कतारको जितमा जासेम गबेर अब्दुल्सल्लाम, आक्रान अफिफ र अल्मोएज अलिले एक–एक गोल गरेका थिए । त्यसैगरी इरानका लागि सरदार अजमोउन र् अलिरेजा जहाँबख्शले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ९०औ मिनेटमा इरानका शोजाए खालीलजादेहले रातो कार्ड पाएका थिए ।

एशियन कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको कतारले अब फाइनलमा जोर्डनसँग शनिबार खेल्ने छ । योसँगै तीन पटक एशियन कपको विजेता इरान प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि जोर्डनले दक्षिण कोरियालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७