निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते (अपडेट)


१४ फाल्गुन २०८०, सोमबार
bisfot MdQQC4d8v7

निजगढ । बाराको निजगढमा एक शंकास्पद वस्तु विष्फोट हुँदा एक जनाको ज्यान गएको छ । विष्फोटमा परी घाइते भएका ६ जनामध्ये अन्य ५ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कवाडीले ल्याएको शंकास्पद वस्तु वर्कशपमा ल्याएर खोल्दा विष्फोट भएको थियो । तामा जस्तो देखिने वस्तु खोलेर काट्न लाग्दा विष्फोट भएको जिल्ला प्रहरी कार्यालय, बाराले जानकारी दिएको छ । उक्त वस्तु काट्ने क्रममा भएको विष्फोटमा परी निधन भएका सो वर्कशपका सञ्चालक हुन् ।

मृत्यु हुनेमा निजगढ–५ का अन्दाजी ४५ वर्षीया रेशम मगर रहेको जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी दधिराम न्यौपानेले बताए । मगरको बयोधा अस्प्ताल वीरञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते हुनेमा बाराका ४५ वर्षीया सूर्यबहादुर थापा, वीरगञ्ज–९, पर्साका फिरोद देवान, २० वर्षीया रितु रजत, भारतीय नागरिक ३५ वर्षीय राकेश जयसवाल र २० वर्षीय अरविन शाह छन् । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७