चर्चित गजल गायक पंकज उदासको निधन


१४ फाल्गुन २०८०, सोमबार
pankaj

मुम्बइ । चर्चित भारतीय गजल गायक पंकज उदासको सोमबार निधन भएको छ । उनकी छोरीले आफ्ना बाबुको ७२ वर्षको उमेरमा निधन भएको सामाजिक सञ्जालमार्फत पुष्टि गरेकी छिन् । आइतबार बिहान ११ बजे ब्रिज क्यान्डी अस्पतालमा उनको निधन भएको जनाइएको छ । चिठी आई हैलगायतका उनका थुप्रै गजल चर्चित छन् ।


गायक उदास विगत केही दिनदेखि बिरामी थिए । पंकजले चर्चित गजल ‘चिट्ठी आई है’ बाट निकै चर्चा पाएका थिए । गायक सोनु निगमले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेका छन्, ‘आज मेरो बाल्यकालको सबैभन्दा महत्वपूर्ण अंश हराएको छ । पंकज उदासजी, म तपाईंलाई सधैँ सम्झिरहनेछु । तपाईं रहनु भएन भन्ने थाहा पाउँदा मन रोयो । जीवनको एक हिस्सा भएकोमा धन्यवाद, शान्ति ।’

पंकजको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो । उनी आफ्ना तीन भाइहरूमध्ये कान्छो थिए । उनको परिवार राजकोट नजिकैको चरखाडी नामक सहरको थियो । उनका हजुरबुबा एक जमिन्दार र भावनगर राज्यका दीवान पनि थिए । उनका बुबा केशुभाई उदास सरकारी कर्मचारी थिए । उनकी आमा जितुबेन उदासलाई गीतको निकै मन थियो । यही कारण पंकज उदास र उनका दुई दाजुभाइको सधैँ संगीतप्रति झुकाव थियो । उनका दुवै दाजु मनहर र निर्जल उधास संगीत क्षेत्रका चर्चित नाम हुन् । पंकजले ११ फेब्रुअरी १९८२ मा फरीदासँग विवाह गरेका थिए । दुवैका दुई छोरी नायब र रेवा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७