बारामा विष्फोट भएको बस्तु ‘प्रोजोक्टाइल’ भएको आशंका, एकको मृत्यु, पाँच घाइते


१४ फाल्गुन २०८०, सोमबार
projo 1

– इन्दीप कोइराला
बारा । बाराको निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने (कारखाना ग्यारेजमा सोमबार विष्फोट भएको बस्तु ‘प्रोजोक्टाइल’ हुन सकिने आशंका गरिएको छ ।

projo

निजगढ नगरपालिका–९ स्थित एक कवाडी सञ्चालकले प्रोजोक्टाइल जस्तै देखिने बस्तुमा भएको तामा निकाल्न पहिला कवाडीमै काट्ने प्रयास गरेका थिए तर, त्यहाँ काट्न नसकेपछि कवाडी सञ्चालक राज जैसवालले लेथमा ल्याएका थिए ।
कारखानामा काट्ने प्रयास गर्दा सो प्रोजोक्टाइल विष्फोट भएको हो । मिसाइलमा प्रयोग हुने प्रोजोक्टाइल नेपालमा नपाइने प्रहरीले जनाएको छ ।

सो वस्तुमा इन्डियन फिल्ड गन १०५ एमएममा प्रयोग हुने जस्ते देखिएको प्रहरी श्रोतले जनाएको छ । विष्फोटपछि कवाडी सञ्चालक जैसवाल र उनका श्रीमती सुशीलादेवी जैसवला निजगढबाट कोल्हवी नगरपालिकामा गएर एम्बुलेन्समा भारततर्फ जाँदै गर्दा प्रहरीले पक्राउ गरेको छ । यता विष्फोटबाट घाइते भएका ६ जनामध्ये एकको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर रहेका छन् ।

balst

निजगढ नगरपालिका–७ स्थित रोहित वर्कशपका सञ्चालक मगर विष्फोटमा परी गम्भीर घाइते भएका थिए । मगरको उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । घटनामा दुई भारतीय नागरिकसहित पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको शरीरको भाग क्षतविक्षत भएको छ भने पूर्णरुपमा जलेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, ३५ वर्षीय राकेश जैसवाल, ठेगाना नखुलेका २० वर्षीय रितु रजत, पर्सा जिल्ला विरंगज घर भएका ३४ वर्षीय फिरोद देवान र निजगढ नगरपालिका–५ का ४५ वर्षीय सूर्यबहादुर थापा रहेका छन् । घाइतेमध्ये देवान र थापाको अवस्था सामान्य छ । घाइतेमध्ये थापाको कलैया र अन्यको वीरगञ्जमा उपचार भईरहेको छ ।
विष्फोट भएको उक्त वस्तु हेर्दा बम जस्तै देखिन्छ, यो प्रोजोक्टाईल हो या अन्य विष्फोटक भन्ने बारा परीक्षणपछि मात्र बताउन मिल्ने बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । उनले भने, ‘लेथमा फलाम काट्ने क्रममा विष्फोट भएको भन्ने प्रारम्भिक जानकारी आएको र घटनाबारे थप अनुसन्धान भईरहेको बताए ।

blast 1

यता विष्फोटक बस्तु निकै शक्तिशालि विष्फोटक रहेको देखिएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए । उनले भने, ‘खुल्ला स्थान भएकाले कम क्षति भएको देखिन्छ, बन्द स्थान वा भवनमा भएको भए निकै ठूलो क्षति हुने देखिन्छ ।’
विष्फोट हुँदा कारखाना नजिकका घरहरुमा समेत क्षति पुगेको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय निजगढ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ । प्रहरीले उक्त क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७