नयाँ गठबन्धनमा तत्काल सामेल हुँदैनौं : झलनाथ खनाल


२१ फाल्गुन २०८०, सोमबार
jhalanath khanal 2
फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी )का सम्मानीत नेता झलनाथ खनालले नयाँ गठबन्धनमा तत्काल सामेल नहुने बताएका छन् । नेता खनालले नयाँ सत्ता समीकरणबारे अहिले आफूहरूले कुनै प्रकारको टिप्पणी नगर्ने बताए ।

‘हामी अहिले धेरै टीका टिप्पणी कसैको पनि गर्दैनौँ । हाम्रो पार्टी एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न क्रान्तिकारी पार्टी हो । हामीले नेपालको समाजवादी क्रान्ति र रूपन्तारण गर्नेछौँ । अहिले हामी आफ्नो पार्टी सुदृढ गर्नमा लागेका छौँ । अरूकोबारे टिप्पणी गर्दैनौँ’, उनले भने ।

‘नयाँ गठबन्धनको नीति के हुन्छन्, कार्यक्रम के हुन्छन्, प्रक्रिया, चरित्र के हो सबै कुरा थाहा पाउननु पर्‍यो र थाहा पाउने हिसाबले कुराकानी गर्नुभयो भने हामीले फाइनल दृष्टिकोण बनाउँला’, उनले भने, ‘अहिले हामी वेट एण्ड सी ।’ कांग्रेस–माओवादी–एकीकृत समाजवादीसहितको गठबन्धन टुटिसकेको र आफ्ना मन्त्रीहरु फिर्ता आउने खनालले बताए । हालको मन्त्रिपरिषदमा एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७