आज अमेरिकी डलरको भाउ सामान्य घट्यो, युरोको भाउ स्थिर


२३ फाल्गुन २०८०, बुधबार
money 1

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ सामान्य घटेको छ । युरोको भाउ स्थिर रहेको छ भने बेलायती पाउण्डको भाउ भने बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९४ पैसा कायम गरिएको छ । मंगलबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९३पैसामा कारोबार भएको थियो ।

बुधबार युरोपियन युरोको भाउ स्थिर रहेको छ । आज एक युरोको खरिददर १४३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रूपैयाँ २७ पैसा तोकिएको छ । मंगलबार पनि सोही मूल्यमा यसको कारोबार भएको थियो । त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ १५ पैसाले बढेर एकको खरिददर १६७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६१ पैसा कायम गरिएको छ । मंगलबार यसको खरिददर १६७ रूपैयाँ ७० पैसा र बिक्रीदर १६८ रूपैयाँ ४६ पैसामा कारोबार भएको थियो ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ ९४ र बिक्रीदर ८६ रूपैयाँ ३३ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ४२ पैसा र बिक्रीमा ८६ रूपैयाँ कायम गरिएको छ । उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८४ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३८ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९२ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९६ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४५ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २७ रूपैयाँ ९५ पैसा र बिक्रीदर २८ रूपैयाँ ०८ पैसा कायम गरेको छ । साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ १२ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ०७ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Capture 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७