विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर


२४ फाल्गुन २०८०, बिहीबार
dollor

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलर र युरोको भाउ घटेको छ भने बेलायती पाउण्डको भाउ भने बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ २२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८२ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १२ पैसाले घछेको हो । बुधबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९४ पैसामा कारोबार भएको थियो ।

बुधबार स्थिर रहेको युरोपियन युरोको भाउ आज १५ पैसाले घटेको छ । बिहिबार एक युरोको खरिददर १४३ रूपैयाँ ७६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ४२ पैसा तोकिएको छ। बुधबार यसको खरिददर १४३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रूपैयाँ २७ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ ३७ पैसाले बढेर एकको खरिददर १६८ रूपैयाँ २२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९८ पैसा कायम गरिएको छ । बुधबार यसको खरिददर १६७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६१ पैसामा कारोबार भएको थियो । यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ २५ र बिक्रीदर ८६ रूपैयाँ ६५ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ३३ पैसा र बिक्रीमा ८६ रूपैयाँ ७७ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८३ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८७ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३७ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९१ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९५ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ २६ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४२ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४१ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ र बिक्रीदर ३६ रूपैयाँ १६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २७ रूपैयाँ ९४ पैसा र बिक्रीदर २८ रूपैयाँ ०७ पैसा कायम गरेको छ । साथै, कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ७३ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ०७ पैसा र बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ७५ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ३५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Capture 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७