ब्रेन्टफर्डलाई हराउँदै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा


२७ फाल्गुन २०८०, आईतवार
arsenal

काठमाडौं । जीतसँगै आर्सनल इङलिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिवार राति ब्रेन्टफर्डमाथि २–१ गोल अन्तरको जीत निकाल्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलको जीतमा डेकलन राइस र काई हाभेर्ट्जले एक–एक गोल गरे । खेलको १९औं मिनेटमा बेन ह्वाइटको क्रसमा हेडरमार्फत गोल गर्दै राइसले खेलमा आर्सनललाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको अन्त्यतिर ब्रेन्टफर्ड खेलमा फर्कियो । योआन विस्साले गोल गरेका हुन् । तर खेलको ८६औं मिनेटमा ह्वाइटकै पासमा हाभेर्ट्जले फ्री–हेडर प्रहार गर्दै गोल गरेर आर्सनललाई जीत दिलाए । यस जीतसँगै शीर्ष स्थानमा उक्लिएको आर्सनलको २८ खेलमा ६४ अंक भएको छ । एक खेल कम खेलेको लिभरपुल दोस्रोमा छ । लिभरपुलको ६३ तथा तेस्रो स्थानको म्यानचेस्टर सिटीको ६२ अंक छ । प्रिमियर लिगमा आइतवार लिभरपुल र सिटीले एकअर्काको सामना गर्दैछन् । यसको विजेता फेरि शीर्ष स्थानमा पुग्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७