फराकिलो गोल अन्तरले बायर्न विजयी


२७ फाल्गुन २०८०, आईतवार
bayern

काठमाडौं । जर्मन बुन्डेशलिगामा माइन्जमाथि बायर्न म्युनिखले शानदार जित हात पारेको छ । गए राति एलियन्ज एरेनामा बायर्नले माइन्जविरूद्ध ८–१ गोलको शानदार जित निकालेको हो ।

बायर्नलाई जित दिलाउने क्रममा ह्यारी केनले ह्याट्रिक गरे । उनले १३ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि पहिलो हाफको इन्ज्युरी समयमा थप एक गोल गरे । दोस्रो हाफको ७० औं मिनेटमा गोल गर्दै केनले ह्याट्रिक पूरा गरेका थिए ।

त्यस्तै लियोन गोरेत्ज्काले दुई गोल तथा थोमस मुलर, जमल मुसियाला र सर्ज गिनब्रीले एक-एक गोल गरे । माइन्जका नादियम अमिरिले ३१ औं मिनेटमा गोल गरेका थिए । जितसँगै अंक तालिकामा रहेको बायर्नको ५७ अंक भएको छ । एक खेल कम खेलेको लिभरकुसेन ६४ अंक जोडेर शीर्ष स्थानमा छ । तेस्रो स्थानको स्टुटगार्टको ५३ अंक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७