घुस लिएको आरोपमा वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा


२९ फाल्गुन २०८०, मंगलवार
Akhtiyar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको राँझास्थित सब–डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सेवाग्राहीबाट सात हजार रुपैयाँ घुस लिएको पुष्टि भएको दाबी गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मंगलबार मुद्दा दायर गरेको हो । वन अधिकृत पार्धेले काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो । नेपालगञ्जबाट खटिएको अख्तियारको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा केही दिनअघि नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७