नक्कली सुन धितो राखेर बैंकको चार करोड ठगी, पाँचतारे होटलबाट पक्राउ परे साह


३० फाल्गुन २०८०, बुधबार
Teknath Shah

काठमाडौं । नक्कली सुन धितो राखेर नेपाल बैंकको चार करोड ठगी भएको पाइएको छ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगीमा संलग्न सप्तरी घर भई काठमाडौं बस्दै आएका ४१ वर्षीय टेकनाथ साहलाई पक्राउ गरेको छ ।

साहले नक्कली सुन धितो राखेर नेपाल बैंकबाट चार करोड १४ लाख ८४ हजार ऋण लिई फरार भएका थिए । सोही मुद्दामा उच्च अदालत विराटनगरले साहलाई ९८ लाख ८५ हजार ५६४ रुपैयाँ बिगो र ३ वर्ष कैद सजाय सुनाएको थियो ।

त्यति मात्र होइन, साहले अमेरिका पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूसँग एक करोड रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले साहलाई गत सोमबार हयात होटलबाट पक्राउ गरेको थियो । प्रहरीका अनुसार साहले आफूलाई दीपक सोनी भनेर चिनाउँदै आएका थिए । प्रहरीले उनको साथबाट १५ वटा सिम बरामद गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७