कुवेतमा गाडीले ठक्कर दिंदा तीन नेपालीको गयो ज्यान


१ चैत्र २०८०, बिहीबार
dead kuwet

साउदी । वैदेशिक रोजगारीको लागि कुवेत पुगेको तीन नेपालीको सडक दुर्घटनामा परी ज्यान गएको छ । १२ मार्च २०२३ मा उनीहरूको सडक दुर्घटनामा परी ज्यान गएको हो ।

मृत्यु हुनेमा सानोभर्‍याङ्ग, नागार्जुन–२ काठमाडौंका सुजन कार्की, लयती पन्चदेवल विनायक–५ आछामका सुरतबहादुर कडायत र वेंगादवार–३ धनुषाका धिरज गुर्मछान मगर छन् । साथी सुरतको कोठाबाट कम्पनीको कामको लागि हिंड्ने क्रममा बाटो काट्दै गर्दा स्थानीय नागरिकको गाडीले ठक्कर दिंदा तीन जनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटना महाबुल्ला एरियाको सिसाईड रोडमा भएको थियो ।

मृतकहरु कुवेतको पापाजोन कम्पनीमा काम गर्दै आएका थिए । घटनापछि गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिनुको साथै मृतकहरुको शवलाई पोष्टमार्टमका लागि फरवानिया हस्पिटल राखिएको छ । नेपाली राजदूतावास अनुसार दुर्घटनाको सूचना पाए लगतै परिवार तथा कम्पनसँग सम्पर्कमा रहेको र मृतकका शवहरु नेपाल पठाउने तथा इन्सुरेन्सको लागि पहल गर्नुको साथै आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७