उपचारका क्रममा बालककाे मृत्यु : अस्पताल घेराउ, सडक अवरुद्ध


१ चैत्र २०८०, बिहीबार
hos

दाङ । अस्पतालमा उपचारका क्रममाएक बालकको ज्यान गएपछि अस्पताल घेराउ गरिएको छ । उपचारकै क्रममा बालक ज्यान गएपछि हिजोदेखि आफन्तले बिरोध प्रदर्शन गरिरहेका छन् । आज दिउँसो घोराही–लमही सडक समेत अवरूद्ध पारिएको छ । राजपुर गाउँपालिका–१ पटौली नाकाका ९ वर्षीय बालक सुरेश कुँवरको घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटलमा उपचारका क्रममा बुधबार मृत्यु भएको थियो ।

त्यसपछि अस्पताल अगाडि र ट्राफिक चोकमा मृतकका आफन्तहरू बसेर यातायात अवरूद्ध पारेका छन् । साथै अस्पतालको सेवा समेत रोकिएको छ । घाँटीमा समस्या भएपछि अस्पताल ल्याइएका बालकको डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल घेराउ गरिरहेका छन् । अहिले मृतकका आफन्त, अस्पताल प्रशासन र सरोकारवालाबीच जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७