राजेन्द्र पाण्डेको चेतावनी : प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे सरकारबाट बाहिरिन्छौं


१ चैत्र २०८०, बिहीबार
rajendra pandey
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका विषय पूरा नभए सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।

आज (बिहीबार) संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एकीकृत समाजवादीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका प्रतिबद्धता पूरा नभए आफ्नो पार्टी सरकारबाट बाहिरिने बताएका हुन् । उनले प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरेको खण्डमा असार ३१ गतेसम्म आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए । उनले आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गरेर बजेट ल्याउन समेत सुझाव दिएका छन् ।

उनले भने, ‘मैले स्पष्टै भनेको छु, तपाईंले बोलेको कुराहरु पूरा गर्नु भएन भने असारको ३१ गते बिदा हुनुहुन्छ । तपाईं बिदा हुनुहुन्छ । भोट हाल्दैनौं भनेको छु । १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गर्नुभएन भने बजेटमा भोट हालिँदैन, त्यहाँ भन्दा बढ्ता के भन्नु ? प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे बाहिर निस्किन्छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७