मोरङमा लागुऔषध र साढे पाँच लाख नगदसहित युवती पक्राउ


२ चैत्र २०८०, शुक्रबार
morang

मोरङ । मोरङमा प्रहरीले लागुऔषध र झण्डै साढे ५ लाख रुपैयाँसहित एक युवतीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार जिल्लाको सुन्दरहरैचा नगरपालिका–३, बस्ने ३० वर्षीया सुनिता राईलाई लागुऔषध र नगदसहित पक्राउ गरिएको हो ।

morang baramad

प्रहरीले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार गत फागुन ३० गते राईको घरमा लागुऔषध बिक्री भइरहेको भन्ने विशेष सूचना पाएपछि प्रहरी टोली पुग्दा लागुऔषध ब्राउन सुगर बरामद भएको हो । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले राईको घर खानतलासी गर्ने क्रममा १० ग्राम ब्राउन सुगर, ३.५ केजी गाँजा र नगद ५ लाख ३८ हजार २ सय ५० रुपैयाँ बरामद गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७