धनगढीका नगर प्रमुख हमाललाई ज्यान मार्ने धम्की, मागे सुरक्षा


५ चैत्र २०८०, सोमबार
gopal hamal

काठमाडौं । धनगढीका नगर प्रमुख गोपाल हमाललाई एक जनाले ज्यान मार्ने धम्की दिएका छन् । नगर प्रमुख हमाललाई वाह्टएपमा कल गर्दै राना थरका व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् । राति ज्यान मार्ने धम्कीपछि नगर प्रमुख हमालले जिल्ला प्रशासनमार्फत सुरक्षा व्यवस्था गर्न निवेदन पेश गरेका छन् ।

प्रशासनका सूचना अधिकारी शिवराज जोशीले नगर प्रमुखले पेश गरेको निवेदन जिल्ला प्रहरी कार्यालय पठाइएको बताए । प्रहरी प्रवक्ता कुलदिप चन्दले धम्की दिने व्यक्तिलाई भोलि छलफलका लागि बोलाइएको बताए । उनले व्यक्तिसँग छलफलपछि मात्र धम्कीको कारण थाहा हुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७