जनप्रतिनिधिलाई राष्ट्रिय पोशाक अनिवार्य

भोजपुर, २३ जेठ । भोजपुरको पूर्वी क्षेत्रको अरुण गाउँपालिकाका स्थानीय जनप्रतिनिधिलाई अनिवार्य रुपमा राष्ट्रिय पोशाक लगाउन भनिएको छ ।
स्थानीय सरकारका प्रमुख एवं गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले गाउँ कार्यपालिकाको बैठकमा यस्तो निर्णय गराएका हुन् ।
गाउँपालिकालाई अनुशासित र मर्यादित बनाउन अनिवार्य राष्ट्रिय पोशाकका रुपमा पुरुषले दौरा सुरुवाल र महिलाले साडी चोलो लगाउनुपर्ने व्यवस्था गरिएको बताइएकोे छ ।
सबै निर्वाचत जनप्रतिनिधिले राष्ट्रिय पोशाक र कर्मचारीले अनिवार्य रुपमा सरकारले तोकेको पोशाक नलगाए बैठक नै स्थगित गरिने अध्यक्ष कार्कीको भनाइ छ । औपचारिक कार्यक्रममा जाँदा समेत राष्ट्रिय पोशाक लगाउनु पर्नेछ ।