दोलखामा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु


१० चैत्र २०८०, शनिबार
accident 2

दोलखा । दोलखामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् । सुरीबाट सिंगटी जाँदै गरेको लु ३ त ९७०३ नम्बरको ट्याक्टर सामेली भोर्ले भन्ने स्थानमा शुक्रबार साँझ सवा ६ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा चालक गौरीशंकर गाउँपालिका–५ तिनेखुका चालक २३ वर्षीय बुद्धिवीर तामाङ र ४३ वर्षीय अमृत तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी दीपक खड्काले जानकारी दिए । दुर्घटनामा घाइते भएका १९ वर्षीय पेम्बा तामाङलाई थप उपचारका लागि राति नै काठमाडौं ल्याइएको छ । ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७