बनेपामा बस दुर्घटना, चालकसहित १२ जना घाइते (नामसहित)


१२ चैत्र २०८०, सोमबार
accident kavre bus

काभ्रे । काभ्रेको बनेपामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । आज (सोमबार) बिहान साढे १० बजेतिर बनेपा नगरपालिका–१२ बाँसडोल थुम्कामा बा २ ख ९४५६ नम्बरको बस दुर्घटनामा परेको हो ।

बाँसडोलबाट बनेपा आउँदै गरेको बस आफै अनियन्त्रित भई स्थानीय शिवप्रसाद ज्ञावलीको साढे दुई तल्ले पक्की घरको गेटमा ठक्कर खाएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बसमा ३० जना सवार थिए । जसमध्ये १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घाइतेलाई शिरमेमोरीयल अस्पताल बनेपा पठाएको छ। दुर्घटनामा परेको बसका चालक पनि घाइते छन् ।
यी हुन् घाइते

१) बस चालक जिल्ला सि.पा. बाह्रबिसे न.पा. २ बस्ने बर्ष २५ को मिलन सापकोटा अनुहारमा चोट अवस्था मध्यम रहेको ।
२) जि. काभ्रे बनेपा न.पा. १२ बासडोल बस्ने बर्ष २२ की सविता थापा माथिको आगाडिपटिको २ वटा दाँत भाच्चिएको अवस्था मध्यम ।
३) जि. काभ्रे बनेपा न.पा. १२ बस्ने बर्ष ६१ की देवकी राउत टाउकोमा चोट अवस्था मध्यम रहेको ।
४) जि. काभ्रे बनेपा न.पा. १२. बस्ने बर्ष ३६ की अनिता कार्की टाउकोमा चोट अवस्था मध्यम रहेको ।
५) जि. काभ्रे बनेपा न.पा. १२. बस्ने बर्ष३९ की मिनु कार्की दाया खुट्टामा चोट अवस्था सामान्य ।
६) जि. काभ्रे बनेपा न.पा. १२. बस्ने बर्ष ३९ की प्रिया भुजेल अनुहार र कम्भरमा चोट मध्यम रहेको ।
७)जि. काभ्रे बनेपा न.पा. १२बस्ने बर्ष २४ की रिता भुजेल बाया खुट्टामा चोट अवस्था सामान्य।
८) जि. काभ्रे बनेपा न.पा. १२. निजको छोरी ११ महिना की बिन्दा भुजेल टाउकोमा चोट अवस्था मध्यम रहेको ।
९) जि. काभ्रे बनेपा न.पा. १२. बस्ने बर्ष ४५ की सुशिला भुजेल दाया खुट्टामा चोट सामान्य।
१०. सहचालक जि.सि.पा. सुनकोशि गा.पा. ३ बस्ने बर्ष १९ को महेश थापा मगर निधारमा सामान्य चोट ।
११.जि. भक्तपुर भ.न.पा. ८ बस्ने बर्ष २४ की रुबिना राउत बाया खुट्टा फ्याक्चर अवस्था मध्यम रहेको ।
१२. जि.काभ्रे बनेपा न.पा. १२ बस्ने बर्ष ६५ को अचुत प्रसाद वाग्ले दाया आँखा माथि चोट अवस्था सामान्य ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७