संयोजक नभेटिएपछि राष्ट्र बैंकले पुनः खुलायो आवेदन


१३ चैत्र २०८०, मंगलवार
bank

काठमाडौं । समस्याग्रस्त शेयर मार्केट एण्ड फाइनान्स कम्पनी सञ्चालनका लागि संयोजक नभेटिएपछि चैत १३ गतेसम्मका लागि राष्ट्र बैंकले पुनः आवेदन खुला गरेको छ । उक्त संयोजक पदका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार, प्रशासन वा कानुनमा स्नातोकत्तर उपाधि हासिल गरेको हुनुपर्छ।

साथै, बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्ष अनुभव प्राप्त बैंकिङ विज्ञ रहेको व्यक्तिहरुले व्यवस्थापन संयोजक पदमा आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले खुलाएको आवेदनमा उल्लेख अनुसार व्यवस्थापक संयोजकको सेवा अवधि १ वर्ष रहेको र कार्य अवधि समाप्त भएपछि पनि कार्यप्रगतिका आधारमा ६-६ महिना गरी २ पटकका लागि म्याद थप सकिने छ । केन्द्रिय बैंकका अनुरास मासिक तलब कर बाहेक १ लाख २६ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

यसैगरी दशैं भत्ताबापत १ महिनाको पारिश्रमिक दिइने छ । ३५ पूरा भइ ६५ वर्ष ननाघेका व्यक्तिले सो पदका लागि आवेदन दिन सक्ने छन् । फागुन १४ मा कम्पनी सञ्चालनका लागि दुई व्यक्ति सम्मिलित व्यवस्थापन समितिको आवेदन खुलाए पनि राष्ट्र बैंकले तोकेको योग्यताअनुसार संयोजक पदमा आवेदन नपरेपछि चैत ७ गते पुनः आवेदन आह्वान गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७