सुनसहित विमानस्थलबाट एक जना पक्राउ


१३ चैत्र २०८०, मंगलवार
airport

काठमाडौँ । भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ५० ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको एक थान ब्रासलेटसहित एक जना युवक मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका–११ घर भएका २३ वर्षीय पुरुषोत्तम शर्मा रहेका छन् ।

विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट बाह्य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा सङ्कलन गरी लैजान लागेको उक्त धातुसहित फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७