दुर्गा प्रसाईका दुवै ‘बडिगार्ड’ लाई छोड्न सर्वोच्चको आदेश


१३ चैत्र २०८०, मंगलवार
Durga Prasai 1024x512 1

काठमाडौँ । मेडिकल व्यावसायी दुर्गा प्रसाई बडिगार्ड थुनामुक्त भएका छन् । बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको मंगलबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रसाईका दुवै बडिगार्डलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय नकहुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले प्रसाईका बडिगार्डद्वय रामकुमार धिमाल र दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको हो । दुई बडिगार्ड पक्राउ प्रकरणमा उनीहरूका परिवारले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए । त्यसपछि सर्वोच्चले गत बुधबार सरकारसँग ३ दिनभित्र लिखित जवाफ दिन भनेको थियो ।

अघिल्लो सोमबार सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका दुई बडिगार्डलाई मुद्दा चलाउन जिल्ला अदालत, काठमाडौंले अघिल्लो मंगलबार ५ दिन हिरासतमा राख्ने अनुमति दिएको थियो । तर ती बडिगार्डको तर्फबाट सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिट परेको थियो । प्रारम्भिक सुनुवाइपछि न्यायाधीश सारंगा सुवेदीको इजलासले सरकारसँग कारण माग गरेकी थिइन् ।

पक्राउ परेका रामकुमार धिमालको हकमा रिया राजवंशीले गृह मन्त्रालय सिंहदरबारसहित विभिन्न ७ वटा सरकारी निकायलाई विपक्षी बनाउँदै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । उता अर्का बडिगार्ड दीपक खड्काको हकमा श्रीमती शान्ता खड्काले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिटमा पनि न्यायाधीश महेश शर्मा पौडेलले ३ दिनभित्र लिखित जवाफ दिन सरकारलाई आदेश दिएका थिए ।

यी दुई प्रसाईसँगै अघिल्लो सोमबार जर्मनीमा निर्मित अत्याधुनिक हतियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका थिए । सर्वोच्च अदालतभित्र उनीहरू हतियार लिएर प्रवेश गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो । दुर्गा प्रसाईंले बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन नमिलेपछि हालेको मुद्दामा सुनुवाइ भइरहेका बेला उनका साथमा सहयोगीहरूको हुल नै थियो । उक्त मुद्दामा पनि सर्वोच्चले प्रसाईको पक्षमा फैसला दिएको छ ।

1 1
2
3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७