बहराइनसँग नेपाल ३–० ले पराजित


१४ चैत्र २०८०, बुधबार
BH.jpg

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गए राति सम्पन्न खेलमा बहराइनले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

बहराइनको जितमा साएद बकेर, अब्दुल्ला युसुफ हेलाल र कामील अल अस्वादले एक एक गोल गरेका थिए । नेपालले तिनै गोल पहिलो हाफमा खाएको थियो । दोस्रो हाफ भने गोलरहित सकिएको थियो । यो जितसहित बहराइनले दुवै खेलमा नेपालमाथि जित हासिल गर्दै समूह एचमा ४ खेलमा ९ अंक हासिल गरेको छ र समूहमा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै नेपाल भने चार खेलमा सबै खेलमा हार व्यहोरेर अंकविहीन हुदै पुछारमा रहेको छ । यस समूहमा युएई ४ खेलमा सबै खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा छ भने यमनले ४ खेलमा एक खेल जितेर ३ अंकसहित तेस्रो स्थानमा रहेको छ । अब नेपालले विश्वकप छनौट अन्तर्गत आगामी जुनमा यमन र युएईसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७