एमाले–माओवादी गठबन्धनलाई साथ दिने नाउपाको निर्णय, सुदूरपश्चिम र लुम्बिनी सरकार ढल्ने


१४ चैत्र २०८०, बुधबार
naupa

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रदेशमा पनि एमाले–माओवादीसहितको गठबन्धनलाई साथ दिने निर्णय गरेको छ । कैलालीको टीकापुरमा आज (बुधबार) बसेको नाउपाका संस्थापक वहुमत केन्द्रीय सदस्यहरूको बैठकले माओवादी एमालेसहितको गठबन्धनलाई केन्द्रसहित प्रदेशमा पनि साथ दिने निर्णय गरेको हो ।

बहुमत केन्द्रीय सदस्यहरुले नयाँ गठबन्धनलाई साथ दिने निर्णय गरेसँगै सुदूरपश्चिम र लुम्बिनीमा नेपाली कांग्रेसले नेतृत्व गरेको सरकार ढल्ने भएको छ । दुवै प्रदेशमा सरकार बनाउन नाउपा निर्णायक छ । सुदूरपश्चिममा नाउपाले मुख्यमन्त्री पाउने समझदारी विकसित भएको बताइएको छ ।

Ranjita chaudhari shrestha 1

अध्यक्ष श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी जापानमा रहेको बेला केन्द्रीय समिति बैठक बोलाएर निर्णय गरेकी हुन् । यो बैठकलाई संरक्षक चौधरी पक्षले बहिष्कार गरेको थियो । संरक्षक चौधरी नयाँ समीकरणमा बनेको सरकारलाई समर्थन नगर्ने पक्षमा रहेको छ । तर अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने समयमा ह्वीप लगाएर मत दिएकी थिइन् ।

त्यस्तै नाउपाले सुदूरपश्चिममा भने कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेको छ । संरक्षक चौधरीको निर्देशनमा नाउपाका ७ मध्ये पाँच सांसद अहिले मन्त्री बनेका छन् । अध्यक्ष श्रेष्ठले समर्थन फिर्ता लिन निर्देशन दिए पनि प्रदेश संसदीय दलले अहिलेसम्म सर्मथन फिर्ता भने लिएको छैन । केहि समयअघि पार्टीमा श्रीमान–श्रीमतीबीच नै विवाद बढेपछि चौधरीले श्रीमतीलाई सम्झाउन नसकेको गुनासो पोखेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७