देशभर एसईई परीक्षा सुरु


१५ चैत्र २०८०, बिहीबार
see
परीक्षा दिंदै काठमाडौँँको तारकेश्वर नगरपालिका–१० मनमैजुको मानसिंह धर्म माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा आइतबारबाट सुरु भएको एसइई परीक्षा दिइरहेका विद्यार्थी । तस्वीर : हरिराम भेटुवाल / रासस

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (बिहीबार) बाट सुरु भएको छ । बिहीबार बिहान ८ बजेदेखि देशभर एसईई सुरु भएको हो । ८ बजेदेखि सुरु भएको परीक्षा बिहान ११ बजेसम्म ३ घण्टा सञ्चलन हुनेछ ।

आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा रहेको छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी छन् । परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७