सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी, कसलाई कुन ?


१५ चैत्र २०८०, बिहीबार

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिमका दुई बिना विभागीय मन्त्रीहरूले कार्यभार पाएका छन् ।नाउपाभित्र विवाद बढिरहेको बेला मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका दुई मन्त्री लक्ष्मण किशोर चौधरी र खुसीराम डगौरा थारूलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

मुख्यमन्त्री शाहले लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास तथा खुसीरामले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनीहरुले आजै पदभार ग्रहण गर्दैछन् ।

हाल सुदूरपश्चिम प्रदेश सरकारमा नाउपाका ५ जना मन्त्री छन् । मुख्यमन्त्री शाहले यसअघि नाउपा दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए भने रामेश्वर चौधरी यसअघिदेखि नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारीमा छन् । मुख्यमन्त्री शाहले प्रदेशसभामा आफ्नो बहुमत कायम राख्न नाउपा, राप्रपा र स्वतन्त्र सांसदको समर्थन लिने तयारी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७