भारतले विजुली घटाएर मात्र दियो, तीन महिनाका लागि मात्रै आयात नवीकरण


१५ चैत्र २०८०, बिहीबार
elect
फाइल फोटो

काठमाडौँ । भारतले तीन महिनाका लागि मात्रै बिजुली आयात अनुमति नवीकरण गरेको छ । आगामी जुन महिनासम्मका लागि आयात अनुमति नवीकरण भएको ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जनाए ।

उनका अनुसार ढल्केबर मुजफ्फरपुर प्रसारणलाइनबाट ५ सय मेगावाट र टनकपुर प्रसारणलाइनबाट ५४ मेगावाट बिजुली ल्याउने अनुमति दिएको हो । इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धा गर्दै नेपालले बिजुली खरिद गर्दै आएको छ । जसअनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ । यो बजारमा भाग लिन २०७८ वैशाखमा नेपालले अनुमति पाएको थियो ।

पाँच वर्षको यो अनुमति हरेक वर्ष नवीकरण गर्नुपर्ने शर्त छ । सोही अनुसार भारतको प्रतिस्पर्धी बजारबाट विद्युत् आयात गर्ने अनुमति नेपालले हरेक वर्ष नवीकरण गर्दै आएको छ । यसपालि तीन महिनादेखि ताकेता गर्दा पनि भारतले नवीकरण गरेको थिएन । हरेक वर्ष एक आर्थिक वर्षभरको लागि अनुमति नवीकरण हुँदै आए पनि यस पटक भारतले तीन महिनाको लागि मात्रै गरेको छ ।

यस्तै नेपालले आयात गर्दै आएको विद्युत् परिणाम समेत भारतले घटाएको छ । यसअघि साढे ६ सय मेगावाट विद्युत् आयात गर्दै आएकोमा यसपटक साढे पाँच सयमा झारेको छ । ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट ५०० मेगावाट र टनकपुरबाट ५४ मेगावाट बिजुली तीन महिनासम्म आयात गर्न पाउने गरी भारतले अनुमति सम्बन्धी सम्झौता नवीकरण गरेको हो ।

प्राधिकरणका प्रवक्ता घोषले अहिले यो मात्राको विद्युत् पर्याप्त हुने बताए । तीन महिनापछि भारतले फेरि अुनुमति नवीकरण गर्ने विश्वास उनले व्यक्त गरे । उनले ५ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन र ५४ मेगावाट टनकपुरबाट आयात गरिने जानकारी उनले दिए । अहिले नेपालले भारतबाट ६५० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७