कर्णाली पुलबाट हाम फालेर बेपत्ता शाहीको शव चार दिन पछि भेटियो


१५ चैत्र २०८०, बिहीबार
sahi

सुर्खेत । कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ । लम्की चुहा नगरपालिका–३ का वडाध्यक्ष लब शाहीले उनको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा भेटिएको जानकार दिए ।

पानीमा तैरिएको अवस्थामा शाहीको शव भेटिएको बताइएको छ । शाहीका आफन्तले शवको सनाखत गरेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरको टोली घटनास्थलतर्फ गएको छ । शाही चैत १२ गते होलीको दिन कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका थिए । उनीसँगै अन्य १६ जनाले समेत पुलबाट हाम फालेका थिए । उनीहरुले रमाइलो गर्ने क्रममा पुलबाट हाम फालेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७