रास्वपाले इलाम–२ मा मिलन लिम्बूलाई बनायो उम्मेदवार


१५ चैत्र २०८०, बिहीबार
Milan Limbu

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन लिम्बूलाई उम्मेद्वार बनाउने भएको छ । बुधबार मात्रै प्राइमरी इलेक्सनका लागि भन्दै सार्वजनिक गरिएका ६ वटा नाममध्ये भर्खरै नेकपा माओवादी केन्द्र छाडेका लिम्बूलाई रास्वपाले सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो ।

इलाम–२ का लागि प्राइमरी इलेक्सनको सूचीमा राखिएका ६ जनालाई बोलाएर छलफल गरिएपछि मिलन लिम्बूलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भएको रास्वपा स्रोतले जानकारी दिएको छ । लिम्बू नेकपा माओवादी केन्द्र त्यागेर स्वतन्त्र उम्मेदवारीको तयारीमा थिए । तर रास्वपा सभापति रवि लामिछानेले उनलाई इलाम–२ को टिकट दिने बचनसहित छलफल गरेका थिए ।

पार्टीभित्रै उचित उम्मेदवार भेट्टाउन नसकेपछि रास्वपाले आदिवासी जनजाति पत्रकार संघका महासचिव समेत रहेका लिम्बूलाई सदस्यतासँगै इलाम–२ को उम्मेदवार बनाएको हो । रास्वपाले बुधबार प्राइमरी इलेक्सनका लागि सार्वजनिक गरेको सूचीमा मिलन ५ नम्बरमा थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७