सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस


१६ चैत्र २०८०, शुक्रबार
ad

काठमाडौं । सशस्त्र प्रहरीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसी) दिपक अधिकारीलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समितिको बिहीबारको बैठकले एसएसपी अधिकारीलाई सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ रिक्त सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा गरिएको हो ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१)को (ख) बमोजिम बढुवा समितिको निर्णयानुसार अधिकारीलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एवम् सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले सूचनामा मार्फत जानकारी दिए ।

बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुले ऐ नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने जनाएको छ ।

s 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७