बागमतीमा बज्राचार्य मन्त्री बनेपछि हानेपामा विवाद : अध्यक्षले दिए कारवाहीको चेतावनी


१६ चैत्र २०८०, शुक्रबार
Ananta Ghimire Press Meet

काठमाडौं । हाम्रो नेपाली पार्टी (हानेपा) ले बागमती प्रदेशको नव नियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाहीको गर्ने भएको छ । आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी हानेपा केन्द्रीय अध्यक्ष अनन्तराज घिमिरेले पार्टी केन्द्रीय समितिको निर्णयविरुद्ध मन्त्रीको शपथ लिएका बज्राचार्यलाई कारबाही गर्ने बताए ।

sapath hanepa

चैत्र ३–४ गते काठमाडौंमा भएको केन्द्रीय समितिको बैठकले मौजुदा गठवन्धनलाई समर्थन नदिने निर्णय गरेको र सो निर्णयविरुद्ध बज्राचार्य मन्त्री बनेको भन्दै उनलाइ कारवाही गरिने घिमिरेले बताए । आफ्नो प्रदेशसभा सभासदलाई सत्तारुढ दलले अपहरण गरेर मन्त्री बनाएको भन्दै उनले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले युवाहरुलाई विकृत राजनीतिक सँस्कार सिकाएको आरोप लगाए ।

एउटा प्रदेशको माननीयलाई राजनीतिक अपहरण गरेर मन्त्री बनाइनु लज्जास्पद विषय भएको उनको भनाइ छ । चैत्र १५ मा हानेपाका बज्राचार्य प्रदेश सरकारमा सामेल भएपछि आज हेटौंडा आएर हानेपाले पत्रकार सम्मेलन गर्दै कारबाहीको चेतावनी दिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७