चार दिनदेखि हराईरहेका बालकको शव नारायणी नदीमा फेला


१६ चैत्र २०८०, शुक्रबार
death child OyjRIJ881M
सांकेतिक तस्वीर

चितवन । चार दिनदेखि घरबाट हराइरहेका बालकको शव नारायणी नदीमा फेला परेको छ । गत सोमबारदेखि हराएका १२ वर्षीय बालकको शव चार दिनपछि नारायणी नदीमा फेला हो । भरतपुर महानगरपालिका–११, होपचोक बस्ने वर्ष १२ का मनोज श्रेष्ठ सोमबारदेखि हराएका थिए । उनी हराएपछि परिवारले प्रहरीमा खबर गरे पनि तीन दिनसम्म फेला परेका थिएनन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवंम् प्रहरी प्रवक्ता श्रीराम भण्डारीका अनुसार बिगत ४ दिनदेखि हराइरहेका बालकको शव बिहीबार भरतपुर महानगरपालिका –१६, ज्ञानेश्वर सामुदायिक वन पछाडि नारायणी नदीको किनारमा फेला परेको हो । बालकका आफन्त समेतको उपस्थितिमा शवको सनाखत भएको हो । सोबारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७