आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य


१६ चैत्र २०८०, शुक्रबार
cricket 3

काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनाएको हो ।

आयरल्याण्ड वोल्भ्सका लागि पेटर मूरले सर्बाधिक ४९ रन बनाए भने काड कारमाइकल र कप्तान निल रकले ३८–३८ तथा स्टेफेन डोहेनीले ३४ तथा ग्यारेथ डेलानीले ३० रन बनाएका थिए । त्यस्तै गाभिन होयले ६ बलमा १८ रन बनाएका थिए । त्यसैगरी नेपाल ए का बलर कमल सिंह ऐरीले सर्बाधिक ३ विकेट लिए भने सागर ढकाल र आरिफ सेखले एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७