केन्द्राध्यक्ष र गार्डकै सहयोगमा सिरहामा यसरी बाहिरियो ‘सेटिङ’ मा एसइईको प्रश्नपत्र

प्रश्नपत्र बाहिर ल्याई चिट चोराउन नियामक निकायलाई १० लाख रुपैयाँ दिइएको आरोप


१६ चैत्र २०८०, शुक्रबार
school siraha

–मुकेशकुमार यादब
सिरहा । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को आज दोस्रो दिन नेपाली विषयको प्रश्नपत्र परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै बाहिरिएको पाइएको छ । जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै माध्यमिक शिक्षा परीक्षा (एसइई) को नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको हो । परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिरिएको थियो ।

newskarkahna news668900

गोलवजार नगरपालिका–८ स्थित श्री जनता नमुना माध्यमिक चोहर्वामा मोबाइल लिएर भित्र पसेका विद्यार्थीहरुले समाजिक सञ्जाल ह्वाटस्एपमार्फत परीक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र वबहिरिएको स्थानीयहरु बताउँछन् । यस परीक्षा केन्द्रमा ४ वटा निजी विद्यालय भिजन एजुकेश्नल एकेडेमी गोलवजार, सिरहा पब्लिक स्कुल नयाँ चौक चोहर्वा, चन्द्र ज्योती सेकेण्डरी बोर्डिङ स्कुल रामनगर मिर्चैया, सिद्धान्त शिक्षा निकेतन कर्जन्हा र समुदायिक विद्यालय श्री जनता माध्यमिक विद्यालय डण्डाको परीक्षा केन्द्र रहेको छ ।

त्यसैगरी, गोलवजार नगरपालिका–४ स्थित जनता माध्यमिक माध्यमिक विद्यालय (प्राविधिक) परीक्षा केन्द्रबाट मोवाइलसहित एक जना छात्रालाई नियन्त्रणमा लिएको छ । सुखीपुरको श्री रजै जनक माध्यमिक विद्यालय, बल्हीका एक जना विद्यार्थीले परीक्षा हलभित्र मोवाइलबाट प्रश्नपत्र बाहिर पठाउने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

newskarkahna news668904

शारदा माध्यमिक विद्यालय रामपुर विर्ताबाट एक जना जना नक्कली विद्यार्थी फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख (एसपी) सन्तोष आचार्यले जनाएका छन् । उनले भने, ‘परीक्षा दिइरहेको अवस्थामा नक्कली परीक्षर्थी स्थानीय अर्जुन महरालाई नियन्त्रणमा लिइएको हो ।’ उनले भने, ‘माध्यमिक शिक्षा परीक्षा (एसइई) को आज दोस्रो दिन जिल्लाका ४ वटा परीक्षा केन्द्र कल्याणपुरको रामदुलारी माध्यमिक विद्यालयबाट मोवाइल प्रयोग गरिरहेका ८ जना विद्यार्थीलाई परीक्षा केन्द्र बाहिर निकालिएको छ ।’

श्री लनकौ मा.वि. नहरा रिगौलबाट परीक्षा हलमा अत्यधिक मोवाईल फेला परेपछि दुई जना गार्डलाई बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय प्रमुख अचार्यले जानकारी दिए । जिल्लाभरीमा ४३ वटा परीक्षा केन्द्रमा ७ जना नेपाल प्रहरी र ७ जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । ६ सय दुई जना प्रहरीलाई परीक्षा केन्द्र र एक सय जना सुरक्षाकर्मीलाई रिजर्भमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी आचार्यले जानकारी दिए ।

question

सयौँको संख्यामा सुरक्षाकर्मी खटाइए पनि प्रश्नपत्र बाहिरिनुले परीक्षा केन्द्रका केन्द्राध्यक्षलगायतका सरोकारवाला निकायको मिलोमतो रहेको पुष्टि हुन्छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा निभिकताका साथ प्रश्नपत्र बाहिर ल्याई चिट चोरी गराउन नियामक निकायलाई १० लाख रुपैयाँ दिएको नाम नखोल्ने शर्तमा एक निजी विद्यालयका सञ्चालकले बताएका छन् । उनले भने, ‘निजी विद्यालयहरुले पायक पर्ने ठाउँमा परीक्षा केन्द्र पार्नेदेखि निर्वाध रुपमा चिट चोरी गर्न दिने सहमतिमा उक्त रकम दिइएको पाइएको छ ।’

जिल्लाका सबै निजी विद्यालयहरुले परीक्षा केन्द्रका केन्द्राध्यक्ष, प्रहरी प्रशासन, शिक्षा विकास तथा समन्वय इकाईका अधिकारीलगायतका सरोकारवाला निकायहरुसँग सेटिङ मिलाउन मोटो रकमको चलखेल गरेको जानकारहरु बताउँछन् । निजी विद्यालयहरुले विद्यार्थीसँग सरोकारवाला निकायहरुलाई मिलाउन र परीक्षा केन्द्रमा सेटिङ गर्न ३ हजारदेखि पाँच हजारसम्म असुली गरेको उनीहरुको भनाई छ । – न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७