बमको शतकका बावजुद नेपाल ‘ए’ आयरल्याण्ड वोल्भ्ससँग पराजित


१६ चैत्र २०८०, शुक्रबार
lokesh.jpg

काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई पराजित गरेको छ । टी–२० सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २१ रनले पराजति गरेको हो । आयरल्याण्ड वोल्भ्सले दिएको २२३ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा अल आउट हुँदै २०१ रन बनाएको थियो ।

नेपालका लागि लोकेश बमले आक्रामक ब्याटिंग गर्दै ५५ बलमा १०६ रन बनाएर आउट भएका थिए । त्यस्तै आरिफ सेखले ४९ रन बनाए । नेपालले आफ्ना पछिल्ला ७ विकेट १२ रन बनाएर गुमाएपछि खेल हारेको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ५ विकेट गुमाउदै २२२ रन बनाएको थियो ।

आयरल्याण्ड वोल्भ्सका लागि पेटर मूरले सर्बाधिक ४९ रन बनाए भने काड कारमाइकल र कप्तान निल रकले ३८–३८ तथा स्टेफेन डोहेनीले ३४ तथा ग्यारेथ डेलानीले ३० रन बनाएका थिए । त्यस्तै गाभिन होयले ६ बलमा १८ रन बनाएका थिए । त्यसैगरी नेपाल ‘ए’ का बलर कमल सिंह ऐरीले सर्बाधिक ३ विकेट लिए भने सागर ढकाल र आरिफ सेखले एक एक विकेट लिएका थिए । योसँगै सिरिजमा आयरल्याण्ड वोल्भ्सले १–० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल भोलि हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७