सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु


१६ चैत्र २०८०, शुक्रबार
Dubera bepatta
सांकेतिक तस्विर

डोटी । नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको ज्यान गएको छ । दिपायल सिलगढी नगरपालिका–१ तिखा पैरेकुडाका १८ वर्षीय महेश खड्काको शुक्रबार दिउँसो १२ः४० बजेतिर सेती नदिमा डुबेर मृत्यु भएको हो ।

सोही नगरपालिकाको वडा नम्बर ३ बासुधारास्थित सेती नदीमा नुहाउने क्रममा खड्काको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७