इरानले आक्रमण गर्ने आशंकामा इजरायलले रद्द गर्‍यो सैनिकहरूको बिदा, जीपीएस पनि ब्लक


२३ चैत्र २०८०, शुक्रबार
iran final

काठमाडौं । इरानसँग तनाब बढ्दै जाँदा इजरायलले जीपीएस ब्लक गरिदिएको छ । सम्भावित मिसाइल तथा ड्रोन आक्रमण रोक्न सकियोस् भनेर इजरायलले यस्तो कदम उठाएको हो ।

बीबीसीका अनुसार जीपीएस ब्लक गरिँदा विभिन्न क्षेत्र प्रभावित भएका छन् । इजरायली सेनाका प्रवक्ता जनरल हजारीले धैर्यता कायम राख्न आग्रह गरेका छन् । सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा भएको आक्रमणमा परी इरानी उच्च अधिकारीसहित १३ जनाको मृत्यु भएको थियो ।

त्यसपछि इरानले जवाफी कारबाहीको चेतावनी दिएको थियो । इजरायलले डिफेन्स फोर्सेसको कम्याट युनिटका सैनिकहरूको बिदा रद्द गरिदिएको छ । त्यस्तै इजरायली डिफेन्सका रिजर्विस्ट सैनिकलाई पनि आफ्नो युनिटमा बोलाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७