संसदमा पार्टीको भूमिकाबारे छलफल गर्न देउवाले बोलाए बैठक


२६ चैत्र २०८०, सोमबार
deuwa 1
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा पार्टीको भूमिकाबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बैठक सभापति देउवाको निवासमा आज (सोमबार) विहान ८ बजे बस्दैछ । बैठकमा सहभागिताका लागि वर्तमान पदाधिकारी र पूर्व पदाधिकारीहरुलाई बोलाइएको उनको सचिवालयले जनाएको छ ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि नै आरोप लागेको भन्दै त्यसबारे छलफल गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै संसदमा अवरोध सिर्जना गर्दै आएको छ । कांग्रेसको अवरोधका कारण गृहमन्त्री लामिछानेले संसदमा सम्बोधन गर्न पाएका छैनन् ।

सभापति देउवाले संसदमा पार्टीको भूमिकाबारे नेताहरूसँग छलफल गर्न लागेका हुन् । यसअघिको बैठकमा कांग्रेसले संसदीय समिति गठन गर्नका लागि सरकारलाई अल्टिमेटम दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७