१० खेलाडीमा सिमित जर्मनीले स्वीडेनलाई हरायो


१० असार २०७५, आईतवार
rra256yyqscm340ndg96

काठमाडौं, ९ असार ।  डिफेन्डिङ च्याम्पियन जर्मनीले स्वीडेनलार्इ हराउँदै विश्वकपमा विजयी सुरुवात गरेको छ । समुह एफकाे अन्तर्गत १० खेलाडीमा सिमित जर्मनीले स्वीडेनलाई २–१ले हराएको हो । जर्मनीकाे लागि टोनी क्रुसले अतिरिक्त समयकाे अन्तिम मिनेटमा विजयी गाेल गरे।

1529780955894 lc galleryImage Soccer Football World Cup

पहिलो हाफमा  खेलको ३२ औं मिनेटमा जर्मनीले गोल खाएको  थियाे। जर्मनीको पोस्टमा स्वीडेनका खेलाडी ओला टोइभोनेनले गोल गरेका थिए।

पहिलो हाफमा गोल खाएर १-० ले पछि परेकाे अवस्थामा जर्मनीका लागि मार्को रेउसले खेलको ४८ औं मिनेटमा बराबरी गोल फर्काएका हुन्।स्विडेटको डी बक्समा अलमलिएको बललाई रेयुसले पोस्टको दिशा देखाएका थिए ।

यस्तैमा २ वटा पहेंलो कार्ड खाँदै  जर्मनीका बएटिङ खेल मैदान बाहिर पुगे । जर्मनी १० जना खेलाडीमा सिमित भयो। १० जनामा सिमित भए पनि जर्मनीको आक्रमण स्वीडेनको पोस्टमा रोकिएन। यसक्रममा उसले केहि राम्रा मौकाहरू  पाए पनि गाेल गर्न सकेन् । जर्मनीका केहि उत्कृष्ट प्रहारहरूलाई स्वीडेनका गोलरक्षकले  बचाए ।

यसका बाबजुत पनि हार नमानी जर्मनीले अन्तिम मिनेटसम्म आफ्नो शक्तिलाई कम हुन दिएन र दोश्रो गोल गरे ।स्विडेनविरुद्धको पहिलो हाफमा गोल खाएपछि सन् २०१४ को विश्व विजेता पछि परेको थियो । जर्मनी १९३८ यता समूह चरणबाट घर फर्किएको छैन । सन् १९९८ मा विश्वकपमा पहिलो खेल गुमाए यता जर्मनीले मेक्सिकोसँग यस विश्वकपमा पहिलो खेल गुमाए ।

स्विडेनलाई पराजीत गरेसँगै जर्मनीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ। समूहको अन्तिम खेल जर्मनीले दक्षिण कोरियासँग खेल्नेछ। दक्षिण कोरियालाई हराएमा उसको दोश्रो चरण पुग्ने सम्भावना बलियो हुनेछ।

1529779113088 lc galleryImage Soccer Football World Cup 1

ijigo4wzkgloetloivpu dvwmparja2gfkoab6cbq

rra256yyqscm340ndg96

4D908CED00000578 0 image m 12 1529783949926

1529781134908 lc galleryImage Germany s forward Marco R 1529779113088 lc galleryImage Soccer Football World Cup

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७