एमालेले प्रत्यक्षकाे ५०% उम्मेदवार टुंग्यायो (सूचीसहित)


१४ कार्तिक २०७४, मंगलवार
Uml एमाले बैठक

काठमाडाैं : एमालेले दोस्रो चरणको निर्वाचनका लागि करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको छ । उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा सोमबार राति अबेरसम्म बसेको स्थायी समिति बैठकले २१ मंसिरमा हुने निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेश सभाका करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको हो । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

Uml एमाले बैठक

माओवादी केन्द्रसँग वाम गठबन्धन कार्यदलमा टुंगिएर प्रतिनिधिसभातर्फ आफ्नो भागमा परेका ६८ सिटमध्ये ३५ उम्मेदवारको नाम एमालेले टुंग्याएको छ । बैठकले प्रदेश नम्बर ७ का उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । ६ नम्बर प्रदेशमा पनि छलफल भए पनि निर्णय भएको छैन । बाँकी प्रदेशहरूका उम्मेदवार मंगलबार बेलुकीसम्म टुंगो लगाइने केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए । ‘अन्य प्रदेशका उम्मेदवार मंगलबार बेलुकीसम्म टुंगो लगाउँछौँ,’ श्रेष्ठले भने, ‘समानुपातिकतर्फ पनि आइतबार बुझाइएको सूचीमा केही नाम थपघट हुन सक्छ ।’

निर्वाचन आयोगको कार्यतालिकाअनुसार समानुपातिकतर्फ बुझाइएको संशोधित सूचीमा मंगलबार केही नाम हटाउन र थप्न पाइनेछ । सोही कारण एमालेसहित प्रमुख दलहरूले समानुपातिकतर्फको सूची सार्वजनिक गरेका छैनन् । ‘पार्टीले सर्वसम्मत रूपमा समानुपातिकतर्फका योग्य उम्मेद्वारहरूको नाम टुंग्याइसकेको छ,’ केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले भने, ‘प्रत्यक्षतर्फका बाँकी उम्मेदवारको नाम पनि मंगलबारै टुंगो लाग्नेछ ।’ दोस्रो चरणका लागि १६ कात्तिकमा उम्मेदवारी मनोनयन रहेकाले मंगलबार अबेरसम्म सबै उम्मेदवारहरूको नाम टुंग्याउने दबाबमा एमाले छ । बाँकी नाम टुंग्याउन बिहान ११ बजे गौतमनिवास भैँसेपाटीमा पुनः बैठक बस्दै छ ।

यी हुन् प्रत्यक्षतर्फ टुंगिएका थप उम्मेद्वार

प्रदेश नम्बर ७ :

कञ्चनपुर प्रतिनिधिसभा
२ नरबहादुर धामी
३ दीपकप्रकाश भट्ट

कञ्चनपुर प्रदेश सभा
१ क. तारा लामा तामाङ
१ख. मर्यादा विष्ट
२ ख. लालबहादुर खड्का
३ क. प्रकाश रावल

कैलाली : प्रतिनिधिसभा
१. गरिमा शाह
२. झपट रावल
५. नारदमुनि राना

डोटी : प्रतिनिधिसभा
१. प्रेम आलेमगर

सर्वसम्मत टुंगिएका प्रत्यक्षतर्फका उम्मेदवार
-केपी ओली, झापा ५
-माधवकुमार नेपाल, काठमाडौं २
-झलनाथ खनाल, इलाम १
-वामदेव गौतम, बर्दिया १
-भीमबहादुर रावल, अछाम १
-ईश्वर पोखरेल, काठमाडौं ५
-सुवास नेम्वाङ, इलाम २
-विष्णु पौडेल, रूपन्देही २
-प्रदीप ज्ञवाली, गुल्मी १
-गोकर्ण विष्ट, गुल्मी २
-सुरेन्द्र पाण्डे, चितवन १
-भानुभक्त ढकाल, मोरङ ३
-लालबाबु पण्डित, मोरङ ६
-राजेन्द्र राई, धनकुटा
-गोकुल बास्कोटा, काभ्रे २
-महेश बस्नेत, भक्तपुर २
-कृष्ण राई, काठमाडौं ३
-राजन भट्टराई, काठमाडौं ४
-रामवीर मानन्धर, काठमाडौं ६
-नवराज सिलवाल, ललितपुर १
-कृष्णलाल महर्जन, ललितपुर २
-जगन्नाथ खतिवडा, उदयपुर २
-खगराज अधिकारी, कास्की १
-रवीन्द्र अधिकारी, कास्की २
-पद्मा अर्याल, स्याङ्जा २
-तिलक महत, नवलपुर २
-दलबहादुर राना, पाल्पा १
-मेटमणि चौधरी, दाङ १
-ऋषिकेश पोखरेल, मोरङ २
-किसान श्रेष्ठ, तनहुँ १

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७