विश्वकप: उरुग्वे र रसिया अन्तिम १६ मा प्रवेश


११ असार २०७५, सोमबार
urug 1

काठमाडौं ११ असार । रुसमा जारी विश्वकप फुटबलमा समुह चरणको छनोट खेल पार गर्दै र आयोटक टिम रसिया उरुग्वे अन्तिम १६ मा प्रवेस गरेको छ । urug 3

‘ए’ समुहमा रहेको उरुग्गे र रसिया क्रमशः विजेता र उपविजेता हुँदै नकाउट चरणमा प्रवेस गरेको हो । आज सम्पन्न भएको खेलमा रसियालाई उरुग्वेले ३–० ले पराजित गर्दै ९ अंक जोडेर समुहको विजेता भएको छ ।
सामरा एरिनामा भएको खेलमा उरुग्वेसँग पराजित भएपनि रसिया अन्तिम १६ मा प्रवेश गरेको छ । यस अघि साउदी अरेबिया र इविप्टलाई पराजित गरेका रसियाले ६ अंक जोडेर समुह ए को उपविजेता हुँदै अन्तिम १६ को बाटो तय गरेको हो । urug 2
उरुग्गेको लागि खेलको १० औँ मिनेटमा लुइस स्वारेजले अग्रता दिलाएका थिए । सुरुबाटै दबाबमा राखेको उरुग्वेलाई रसियाले खेलको २३ औँ मिनेटमा आत्मघाती गोल गरेर उरुग्गे २ गोलका साथ अग्रता लिइएको थियो । रुसका लागि दोस्रो हाफमा एडिन्सन काभानीले अर्को गोल थपे । उनले खेलको ९० औँ मिनेटमा गोल गरेपछि उरुग्वे ९ अंकसहित अन्तिम १६ मा प्रवेश गर्यो । रसियाका लागि सार्वधिक ३ गोल गरेका डेनिस चेरिसोभले गरेका थिए । त्यसपछि खेलको ३६ औँ मिनेटमा इगोर स्मोल्इकोभ दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रसिया १० खेलाडीमा सिमित बनेका थिए । urug 5
उता साउदी अरेबिया र इजिप्टबीच भएको खेलमा २—१ को नतिजा साउदीले निकालेको छ । खेल सुरु भएको २२ औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै अग्रता दिलाएको थियो । साउदी अरबले ३९ औँ मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गर्न सकेनन् । साउदीका लागि फहद मुल्लादले हानेको पेनाल्टी गोलमा परिणत हुन सकेनन् । तर। पनि साउदी अरेबियाले खेलको ५१ औँ मिनेटमा सलमान फरजले गोल गरेर बराबरी बनायो । खेलको निर्धारित समय सकिएपछि पाँचौ मिनेट थपेको समयमा साउदी अरबका लागि सलेम अल द्ववासरीले अब्दुल्लाह ओटेफले गरेको गोल निर्णयक बनेपछि साउदीले २—१ को नतिजा निकालेको थियो । यो जितपछि साउदी अरबले ३ अंक जोड्न सफल हुँदै समुह चरणबाट बाहिरिएको छ । भने ३ खेल पराजित बनेका इजिप्ट अंक विहिन घर फर्केका छन् । urug 6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७