नाइजेरिया विरुद्धका खेलमा मेसीको रोमाञ्चक क्षण (फोटो फिचर)
काठमाडौं १२ असार : लियोनेल मेसी नेतृत्वको अर्जेन्टिना विश्वकप फटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार सेन्ट पिटर्सवर्ग स्टेडियममा समूह चरणको अन्तिम खेलमा नाइजेरियालाई २- १ ले हराउदै अर्जेन्टिना रसिया विश्वकपको अन्तिम १६ मा पुगेको हो।
अर्जेन्टिनाको जितमा मेसी र मार्को रोजोले गोल गरे। नाइजेरियाका लागि मोसेसले पेनाल्टीमा गोल गरेका थिए। यो अवस्थामा क्रोएसिया समूह चरणका सबै ३ खेल जित्दै ९ अंकका साथ समूह विजेता भएको छ भने अर्जेन्टिना ४ अंकसहित समूह उपविजेता भएको छ । यो समूहमा ३ अंक बोकेको नाइजेरिया तेस्रो र १ अंक बोकेको आइसल्यान्ड अन्तिममा रह्यो । नाइजेरिया र आइसल्यान्ड घर फर्किने भएका छन् ।
यो अवस्थामा क्रोएसिया समूह चरणका सबै ३ खेल जित्दै ९ अंकका साथ समूह विजेता भएको छ भने अर्जेन्टिना ४ अंकसहित समूह उपविजेता भएको छ । यो समूहमा ३ अंक बोकेको नाइजेरिया तेस्रो र १ अंक बोकेको आइसल्यान्ड अन्तिममा रह्यो । नाइजेरिया र आइसल्यान्ड घर फर्किने भएका छन् ।