टाइब्रकेरमा क्रोएसियाले डेनमार्कलाई हरायो, क्वार्टरफाइनलमा रसियासँग खेल्ने


१८ असार २०७५, सोमबार
989084596

काठमाडौं, १८ असार । डेनमार्कलाई टाइब्रकेरमा हराउँदै क्रोएसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । रसियाको निजेनी नोव्गोरोड स्टेडियम आइतबार राती सम्पन्न खेलमा क्रोएशियाले टाइब्रेकरमा डेनमार्कलाई ३–२ ले हराएको हो।989084596

निर्धारित ९० मिनेटको खेल १–१को बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो।अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरमा भयो ।

टाइब्रकेरमा क्रोएसियाका ड्यानियल सुबासिकले तीन पेनाल्टी रोके भने डेनमार्कका क्यास्पर स्माइकलले पनि दुई पेनाल्टी रोकेका थिए । तर, इभान र्‍याकिटिकले गोल गर्दै क्रोएसियालाई ३–२ को जित दिलाए ।

खेलमा डेजमार्कले पहिलो मिनेटमा नै अग्रता लिएको थियो । उसका लागि हडर्सफिल्ड जोर्जेनसनले गोल गरे । तर, यो धेरैबेर टिक्न सकेन । चौथो मिनेटमा नै मारियो मान्जुकिजले बराबरी गोल गरे ।

पहिलो र दोस्रो हाफमा दुबै टोलीले गोलको प्रयास गरेपनि सफल भएका थिएनन् । अतिरिक्त समयको ११३ औं मिनेटमा क्रोएसियाका लुका मोडरिकको पासमा बल अघि बडाएका एन्टे रेबिकलाई जाकाले फउल गरे । क्रोएसियाले पेनाल्टी पायो तर, मोडरिक गोल गर्न सकेनन् ।

यस अघि आयोजक राष्ट्र रसियाले स्पेनलाई टाइब्रेकरमा ४–३ले हराएको थियो। क्रोएशियाको भेट अब क्वाटरफाइनलमा आयोजक राष्ट्र रसियासँग हुनेछ।Croatia 1 1 Denmark 3 2 on penalties 10

Croatia 1 1 Denmark 3 2 on penalties 9

Croatia 1 1 Denmark 3 2 on penalties 8

 

Croatia 1 1 Denmark 3 2 on penalties 6

Croatia 1 1 Denmark 3 2 on penalties 5

Croatia 1 1 Denmark 3 2 on penalties 4

Croatia 1 1 Denmark 3 2 on penalties 3

Croatia 1 1 Denmark 3 2 on penalties 2

Croatia 1 1 Denmark 3 2 on penalties 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७