त्रिविको स्थगित सिनेट बैठक साउन ५ मा बस्ने


१९ असार २०७५, मंगलवार
Tribhuwan University TU Photos 8

काठमाडौं, १९ असार । त्रिभुवन विश्वविद्यालयको स्थगित सिनेट बैठक आउँदो साउन ५ गते बस्ने भएको छ । गत वैशाख २३ गते तोकिएको सिनेटको कार्यसूचीमा चित्त नबुझेपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको निर्देशनमा बैठक स्थगित भएको थियो ।Tribhuwan University TU Photos 8

सिनेट नबस्दा आंशिक प्राध्यापकको स्थायी प्रक्रिया, दरबन्दी मिलान, वार्षिक कार्यक्रम, सार्वजनिक खरिद ऐन अनुकूल त्रिविको नियमावली संशोधनलगायत विषय टुंगो लाग्न सकेको छैन । त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले त्रिवि दिवसको सन्दर्भमा झण्डोत्तोलनसहित वार्षिक ग्रेसलिष्ट स्वीकृतिका लागि सिनेट बस्न लागेको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७