उत्साही रुससँग अपराजित क्रोएसिया भिड्दै


२३ असार २०७५, शनिबार
russia vs croatia

रसिया, २३ असार (एजेन्सी) । आयोजक रसिया जारी विश्वकप फुटबलमा सबैभन्दा धेरै उत्साही टोली हाे । बलिया भनिएका टोलीलाई हराएर क्वार्टरफाइनलमा आइपुगेको छ । विश्वकप खेल्नुअघि फिफाको विश्व वरियतामा सबैभन्दा पछाडि रहेका घरेलु टोलीको विश्वकप तयारी निकै कमजोर थियो । पछिल्ला ७ खेलमा जितविहीन थियो । विश्वकपमा सहभागी हुँदा सबैभन्दा तल्लो वरियताको टोलीमा दरिएको रुसले दोस्रो चरणमा प्रवेश गर्ला भन्ने अनुमान पनि लगाएका थिएनन् ।russia vs croatia

आयोजकको रुपमा स्वत विश्वकपमा छनौट भएका रुस आज सेमिफाइनल प्रवेशको लागि खेल्दैछ । रुसी समर्थकका लागि रुसी टोलीको लागि यो निकै ठुलो उपलब्धी भइसकेको छ । रुसले सोभियत संघ विघटनपछि पहिलो पल्ट क्वार्टरफाइनल खेल्न लागेका हुन् । सन् १९५८ र ७० का बीचमा सोभियत संघको नाममा लगातार ४ क्वार्टरफाइनल खेले पनि रुसले पहिलो क्वार्टरफाइनल खेल्दैछ । सोभियत संघले १९६६ मा विश्वकपको सेमिफाइनल खेलिसकेको थियो ।

याे पनि पढ्नुहाेस्
रसियन टिमलार्इ राष्ट्रपति पुटिनको शुभकामना सन्देश, क्रोएसियाविरुद्ध उत्साहित

 

विश्वकपको उद्घाटन खेलमै आफूभन्दा माथिल्लो वरियताको साउदी अरेबियालाई ५–० ले हराउँदै जित यात्रा सुरुवात गरेको रसियाले इजिप्टविरुद्धलाई ३–१ ले हरायो । भने समुह चरणको अन्तिम खेलमा उरूग्वेसँग ३–० ले पराजित भयो । तर क्वार्टरफाइनल प्रवेश लागि भएको खेल विश्वकपमै बलिया मानिएका स्पेनलाई ट्राइब्रेकरमा हरायो ।

पछिल्ला ५ विश्वकपमा आयोजक राष्ट्र सेमिफाइनलमा पुगेको छ । तथ्याङ्कले रुसलाई केही फाइदामा देखाउँछ । इटाली १९९० मा, फ्रान्स ९८ मा, दक्षिण कोरिया २००२ मा, जर्मनी २००६ र ब्राजिलले २०१४ को सेमिफाइनल खेलेकाे इतिहास छ ।

उत्साहित रुसले अब सेमिफाइनल प्रवेशका लागि शनिबार क्रोएसियाविरुद्ध उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रिन्दैछन् । यता क्रोएसिए समूह चरणमा समुहका सबै टोली अर्जेन्टिना, नाइजेरियालाई र आइसल्याण्डलाई हराउँदै समुह बिजेताको रुपमा प्रवेश गरेको हो ।

क्वाटरफाइनल प्रवेशका लागि डेनमार्कलाई ट्राइबे्रकरमा हराएको थियो । यो विश्वकपमा क्रोएसियाले अपराजित टोली हो । खेलेको सबै चार खेलमा सतप्रतिशत जित निकालेको छ । क्रोएसिया स्वतन्त्र राष्ट्रको रुपमा सन् १९९८मा पहिलो पटक विश्वकपमा सहभागी हुँदा तेस्रो स्थान हात पारेको थियो । त्यति बेला नेदरल्यान्ड्सलाई तेस्रो स्थानको खेलमा २–१ ले पराजित गरेको थियो ।

रुस र क्रोएसिया विश्वकपमा अहिलेसम्म भिडेका छैनन् । हालसम्म अन्य खेलमा तीनपल्ट खेलेकामा क्रोएसिया अपराजित छ । पछिल्लोपल्ट सन् २०१५ को नोभेम्बरमा भएको मैत्रीपूर्ण खेलमा रुस ३–१ ले पराजित भएको थियो । पहिलो हाफमा रुसले १–० ले अग्रता लिए पनि अन्तिम नतिजा क्रोएशियाले आफ्नो पक्षमा पारेको थियो ।

केही तथ्य

रसिया

–विश्वकपको नकआउट चरणका पछिल्ला ५ खेलमा रुसले ९० मिनेटभित्रै जित निकाल्न सकेको छैन । सन् १९६६ मा उसले क्वार्टरफाइनलमा हंगेरीलाई पराजित गरेको थियो । त्यो नै रुसले सेमिफाइनल यात्रा तय गरेको पहिलो विश्वकप थियो ।

–युरोपेली टिमसँग पनि रुसको विश्वकप नतिजा राम्रो छैन । युरोपेली टिमसँग भएको ७ भिडन्तमा रुसले २ बराबरी गर्दा ५ खेल विपक्षीलाई सुम्पेको थियो ।tag reuters.com2018 newsml RC1AE905DF00 1493418824 768x432 spain vs rusia worldcup 2018 12

–रुसले जारी विश्वकपमा २ आत्मघाती गोल गरिसकेको छ । यसअघि १९६६ मा बुल्गेरियाले एउटै विश्वकपमा २ आत्मघाती गोल गरेको थियो ।

– यता स्पेनले अधिकांश समय बल नियन्त्रणमा राखे पनि रूसी रक्षापंक्ति भने तोड्न सकेको थिएन । रूसले आज यस्तै रणनीति अपनाउने हो भने क्रोएसियालाई धौ–धौ पर्छ । रुस पहिलो पटक स्वतन्त्र राष्ट्रका रूपमा विश्वकपको क्वाटरफाइनल चरणमा प्रवेश गरेको हो

–रूसका एलेक्जेन्डर गोलोभिन, फ्योडोर स्मोलोभ, युरी गाजिन्स्की, इल्या कुटेपोभ र रोमन जोब्निनले पहेँलो कार्ड पाएको खण्डमा अर्को खेल गुमाउने छन् । यद्यपी स्पेनविरुद्ध प्रतिबन्ध खेपेका इगोर स्मोल्निकोभ मैदानमा फर्कने छन् ।

क्रोएशिया
–क्रोएशियाले पछिल्लोपटक सन् १९९८ मा फ्रान्समा भएको विश्वकपको क्वार्टरफाइनलमा जर्मनीलाई ३–० ले पराजित गरेको थियो । यो नै क्रोएशियाले महत्वपूर्ण प्रतियोगितामा पेनाल्टी शुटआउटमा नगइ हात पारेको पछिल्लो सफलता हो ।

–क्रोएशियाले विश्वकपका पछिल्ला ८ खेलमा गोल गरेको छ । समग्रमा क्रोएशियाले १६ गोल गरेको छ । विश्वकपका पछिल्ला १२ मध्ये १० गोल क्रोएशियाले दोस्रो हाफमा गरेको छ ।Croatia 1 1 Denmark 3 2 on penalties 4

–विश्वकपका आयोजक राष्ट्रसँग क्रोएशियाको आँकडा त्यति सकारात्मक छैन । उसले २ पटक आयोजक राष्ट्रलाई नतिजा सुम्पिसकेको छ । सन् १९९८ मा आयोजक फ्रान्ससँगको सेमिफाइनल भिडन्त क्रोएशियाले २–१ ले सुम्पेको थियो । त्यःतै अघिल्लो संस्करणमा पनि उसले समूहगत चरणमा ब्राजिललाई ३–१ को नतिजा सुम्पेको थियो ।

–क्रोएशियाका इभान राकिटिच, मार्सेलो ब्रोजोविच, मारियो मान्ड्जुकिच, मार्को प्याक्चा, टिन जेड्भाज, आन्टे रेबिच र सिमे भार्साल्को आज पहेंलो कार्ड पाए उनीहरुले आगमी खेल गुमाउने छन् ।

–डेनमार्क्विरुद्धको खेलमा चोट बोकेका इवान ट्रिनिक आजको खेलमा उपलब्ध हुने र नहुने आशंका छ । यसअघि काँधमा चोट बोकका मेटो कोवासिक मैदान फर्किनेछन् । डेनमार्क्विरुद्धको खेलमा तीन पेनाल्टी रोकेका क्रोएसियाका गोलकिपर ड्यानियल सुबासिचलाई पार गर्न शनिबार रूसले निकै संघर्ष गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७