स्वीडेनलाई हराउँदै इङ्ल्याण्ड सेमिफाइनलमा
रसिया, २३ असार । विश्वकप दाबेदारको रुपमा हेरिएका इङ्ल्याण्ड रसियामा जारी विश्वकपको सेमिफाइलमा प्रवेश गरेको छ । सामारा एरिना रंगशालामा भएको खेलमा स्वीडेनलाई २–० गोलले हराउँदै इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो । इंग्ल्याण्ड २००६ पछि इंग्ल्याण्ड पहिलोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको ३० औं मिनेटमा इङ्ल्याण्डले अग्रता लिएको थियो । उनसका लागि हयारी म्याग्वायरले पहिलो गोल गरे । त्यसैगरी स्वीडेनलाई हराउने क्रममा दोश्रो गोल खेलको ६० औं मिनेटमा भएको थियो। डेलेले हेडमार्फत गोल गर्दै इङ्लिस टोलीको अग्रतालाई दोब्बर पारेका थिए।
सेमिफाइनल प्रवेश गरेको इङ्ल्याण्डले आज हुने क्वाटरफाइनलको अन्तिम खेलको विजेतासँग भिड्नेछ। क्वाटरफाइनलको अन्तिम खेलमा आयोजक रसिया र क्रिएशिया भिड्दैछन्।
याे पनि पढ्नुहाेस्