नेता रावलको टोलीलाई प्रधानमन्त्रीको आश्वसन,‘घटनाका दोषीलाई कारबाही हुन्छ’


९ भाद्र २०७५, शनिबार
Pm Kanchanpur Team 1

काठमाडौं, ९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

घटनाका बिषयमा प्रधानमन्त्री ओली र नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गर्न आएका नेकपाका तर्फबाट कैलाली र कञ्चनपुरका सांसद र तथा नेकपाका केन्द्रीय सदस्यहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले दोषीलाई कारबाही हुने आश्वसन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले घटनालाई सरकारले गम्भीर रुपमा लिएकोले छानविन समिती गठन गरेर काम अघि बढाएको बताए । ‘यस घटनाको आवरणमा हिंसा भड्काउने प्रयास भएका छन् । यसमा सरकार गम्भिर छ’ ओलीले भने, ‘यस्ता व्यक्तिहरुको पहिचन गरी कारबाही गर्न र स्थितीलाई सहज बनाउन सुरक्षा निकायलाई निर्देशन दिइसकिएको छ ।’

घटनामा आशंका गरिएका व्यक्तिहरुलाई अनुसन्धानको घेरामा ल्याउन र दोषी भए कडा कानुनी कारबाही गर्न आफूले निर्देशन दिएको उनले जानकारी गराए।

यस्तै आन्दोलनको बहानामा व्यक्तिगत र सार्वजनिक सम्पत्तीको तोडफोड गर्नेलाई पनि सरकारले कानुन बमोजिम कारबाही गर्ने उनले स्पष्ट पारे । ‘बालिकाको बलात्कार गरी हत्या गर्ने, आन्दोलनका नाममा तोडफोड गर्ने र हिंसा मच्चाउने सबैलाई कारबाही हुन्छ। यसमा सरकारले कुनै कसर बाँकी राख्दैन’, ओलीले भने। घटनालाई राजनीतिकरण गर्नेहरुबाट सजग हुन उनले आग्रह गरे।

नेकपाका स्थायी समिति सदस्य भीम रावल र नेता लेखराज भट्टको नेतृत्वमा शनिबार बालुवाटार गएको टोलीले प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर कञ्चनपुर घटनाबारे जानकारी गराउँदै दोषी पत्ता लगाई कारबाही गर्न माग गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७