अाजकाे राशिफल :वि.सं. २०७५ साल भदौ २७ गते।


२७ भाद्र २०७५, बुधबार
rashifal today

अाजको पञ्चाङ्ग

वि.सं. २०७५ साल भदौ २७ गते। बुधबार। इश्वी सन् २०१८ सेप्टेम्बर १२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– तृतीया, १८:४३ बजेउप्रान्त चतुर्थी। नक्षत्र– चित्रा, २८:५० बजेउप्रान्त स्वाती। योग– शुक्ल, ८:५२ बजेउप्रान्त ब्रह्म। करण– तैतिल, ७:१८ बजेदेखि गर, १८:४३ बजेउप्रान्त वणिज। आनन्दादिमा कालदण्ड योग। चन्द्रराशि– कन्या, १६:५८ बजेउप्रान्त तुला। काठमाडौंमा सूर्योदय– ५:४८ बजे, सूर्यास्त– १८:११ बजे र दिनमान ३० घडी ५७ पला। हरितालिका (तीज) व्रत। मन्वादि। चन्द्रदर्शन दोष (चथा:)।

 

rashifal today

मेष चु चे चो ला लि लु ले लो

असाझेदारी व्यवसाय शुभ रहनेछ । कार्यगत आलोचना बढ्नेछ । धर्ममा रुचि बढ्नेछ । अर्थलाभ हुनेछ ।

बृष इ उ ए ओ वा वी वु वे

वोराजनीतिक भेटघाट बढ्नेछ । वादविवाद बढ्नेछ । रोजगारमा समस्या उत्पन्न हुन सक्छ । शंका बढ्नेछ ।

मिथुनका कि कु घ ङ छ के को हा

शारीरिक परि श्रम बढ्नेछ । सिर्जनात्मक कार्य हुनेछन् । आफन्तको सहयोगले कार्य सफल हुनेछन् ।

कर्कटही हु हे हो डा डि डु डे डो

द्विविधा बढ्नेछ । कार्यसम्पादनमा समस्या उत्पन्न हुनेछ । कला, साहित्यमा रुचि बढ्नेछ । आलस्यता बढ्नेछ ।

सिंहमा मि मू मे मो टा टी टु टे

वाहन सुख प्राप्त हुनेछ । आध्यात्मिक सन्तुष्टि मिल्नेछ । अकस्मात् धन प्राप्ति हुनेछ । हर्ष बढ्नेछ ।

कन्याटो प पी पु ष ण ठ पे मो

पराक्रम बढ्नेछ । अध्ययनमा सफलता मिल्नेछ । धन सञ्चित हुनेछ । कुटुम्बको सहयोग मिल्नेछ । यात्रा हुनेछ ।

तुलार री रु रे रो ता ती तू ते

वैदेशिक व्यवसायमा लाभ मिल्नेछ । धार्मिक कार्य हुनेछन् । कूटनीतिक सफलता मिल्नेछ । कान्ति बढ्नेछ ।

बृश्चिकतो ना नी नू ने नो या यि यु

सम्मान प्राप्त हुनेछ । अधुरा कार्य पूरा हुनेछन् । प्रेममा सफलता मिल्नेछ । महŒवपूर्ण सामग्री हराउन सक्छ ।

धनुजो जा जी खी खू खे खो गा गीआलस्य बढ्नेछ । सञ्चित धन हानि हुनेछ । धार्मिक यात्रा हुन सक्छ । पिताको सहयोग प्राप्त हुनेछ ।

मकरजो जा जी खी खू खे खो गा गी

नयाँ मित्र बन्नेछन् । शत्रु परास्त हुनेछन् । मुद्रा व्यापारबाट लाभ मिल्नेछ । आर्थिक लाभ हुनेछ । प्रेम बढ्नेछ ।

कुम्भगू गे गो सा सी सु से सो द

सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । आयआर्जनमा सुधार आउनेछ । रोजगार प्राप्ति हुनेछ । व्यापार बढ्नेछ ।

मीनदि दू थ भ ञ दे दो चा ची

खोज तथा अनुसन्धानमूलक कार्यमा रुचि बढ्नेछ । कर्म प्राप्ति हुनेछ । स्वास्थ्य स्थिति कमजोर रहनेछ । खर्च बढ्नेछ ।

साप्ताहिक राशिफल (भदौ २२ देखि २८ गतेसम्मको राशिफल)

मेष

संयमित भै खानपान एवं जीवनचर्यामा ध्यानदिए स्वास्थ्यसम्बन्धी समस्याबाट मुक्त भइनेछ । पक्कापक्की भैसकेका व्यवसाय सञ्चालनमा ढिलासुस्ती हुन सक्छ । गोपनीयता भंग भै काममा बाधा सिर्जना होला । प्रयत्न गरे सजिलै अरूको मन जित्न सकिनेछ । वैदेशिक योजना भने सफल रहनेछ ।

वृष

योग, ध्यान तथा भ्रमणले तनाव कम गर्न सहयोग पुर्‍याउनेछ । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्दा निराश उत्पन्न हुन सक्छ । धार्मिक भ्रमण मनोरञ्जनमा परिणत हुनेछ भने भोजभतेरमा समेत सहभागी भइनेछ । स–साना त्रुटि औंल्याँउदै प्रेमी–प्रेमिका टाढिन सक्ने भएकाले उनीहरूको भावना बुझने प्रयास गर्नुहोला ।

मिथुन

कर्मचारी वर्गमा उच्च ओहदाका व्यक्तिले निगरानी राख्नेछन् । मन पराउनेले बेवास्ता गर्दा मानसिक तनावले सताउन सक्छ । मन मिल्ने मित्रहरूको सुझावले तनाव कम गर्नेछ । नियमित शारीरिक व्यायाम तथा योग गर्नाले थप ऊर्जा प्राप्त होला । रुचि नहुँदा–नहुँदै पनि भोजभतेरमा सहभागी हुनुपर्नेछ ।

कर्कट

कर्मचारीवर्गले विशेष होसियारी अपनाउनुहोला । आलोचना गर्नेहरू बढी नै भए पनि तपार्इंको दृढताका कारण पराजित भने हुनुपर्ने छैन । घुमघाम गर्ने अवसर जुट्नेछ । खर्चिलो यात्राले मनमा दुबिधा उत्पन्न गराउला । सेतो रंग प्रयोग गर्दा सफलता सहज हुनेछ । सानोतिनो त्रुटिले पनि मर्यादामा चोट पुर्‍याउन सक्छ ।

सिंह

साथीभाइसँगको सम्बन्ध प्रगाढ हुनेछ । लामो यात्रा गर्ने क्रममा स्वयं खर्च गर्नुपर्ने बाध्यता आइलाग्नेछ । छोटो समयमै विशेष उपलब्धि हासिल गर्न सकिनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ । सप्ताहन्तमा खराब आचरण हुनेहरूको संगतमा पुग्न सकिन्छ । उनीहरूबाट टाढा रहँदै प्रतिष्ठा जोगाउने चेष्टा गनुहोला ।

कन्या

जुक्ति–बुद्धि एवं कलाकौशल देखाएर प्रशंसक बटुलिनेछ । मनमा बसेका व्यक्तिसँग केही दिनको अन्तरमा भेट हुँदा मनका वह पोखिनेछन् । रोजगारी प्राप्त हुने सम्भावना छ । परोपकारी कार्यमा त्यति मन जाने देखिँदैन । खर्च बढे पनि धेरै आवश्यकता पूरा हुनेछन् ।

तुला

मनको चञ्चलपनमा वृद्धि हुनेछ । रोकिएका कार्य सम्पन्न भै आर्थिक संकट समाधान हुनेछ । मनका भावना आदान–प्रदान गर्ने मित्र फेला पर्नेछन् । प्रसंगवश मन पराएको भावनासमेत व्यक्त हुनसक्छ । पारिवारिक मतको कदर गर्नुहोला । यात्रा तथा किनमेलमा खर्च गर्नुपर्ने हुनसक्छ ।

वृश्चिक

परिस्थिति पहिचान गरी सम्पन्न गरिएको कार्यले उचित स्थान प्राप्त गर्नेछ । साथीहरूको भनाइमा भर पर्दा अवसर फुत्किने सम्भावना छ । आर्थिक कारोबारबाट टाढै रहनु उचित हुन्छ । परोपकारी कार्यमा रुचि बढ्नेछ । साताको अन्त्यमा मनोरञ्जनमा सरिक भइएला । उपहार लिई भेट्न आउनेहरूसँग सचेत रहनुपर्नेछ ।

धनु

परिवर्तनकारी सप्ताह छ । उपल्लो दर्जाका व्यक्तिहरूले महत्वपूर्ण सुझाव तथा जिम्मेवारी दिनेछन् । कृषि क्षेत्रमा लगानी गर्ने प्रस्ताव प्राप्त हुन सक्छ । कर्मचारीहरूलाई थप जिम्मेवारी आइलाग्ने सम्भावना छ । साताको अन्त्यमा विभिन्न परिकार तथा सुन्दर वस्त्रले आनन्दित तुल्याउनेछ ।

मकर

दृढताका साथ गरिएका सबै खाले काममा सफलता हात लाग्नेछ । अरूलाई बढी विश्वास गर्दा अभिभावकहरू चिढिनेछन् । जिद्दी गर्ने स्वभावले समस्या सिर्जना गर्न सक्छ । विशेष कार्ययोजनाको जग बसाउन प्रेमी–प्रेमिकाहरूले साथ दिनेछन् । अरूको आशामा बस्नाले पछि परिनेछ ।

कुम्भ

सामाजिक क्षेत्रमा कीर्तिमानी कार्य गरी लोकप्रियता आर्जन गरिनेछ । दुई आत्माबीचको सुन्दर सम्बन्ध निकै अघि बढिसकेको अवस्था छ । ठूलाबडासँगको प्रत्यक्ष भेटघाटले योजनाहरू सहज रूपमा सम्पन्न गर्न सहयोग पुर्‍याउनेछ । आर्थिक लेनदेनबाट टाढै रहनु बेस हुन्छ ।

मीन

सुनौलो रंगको पहिरनले कार्य सम्पन्न गर्न सहजता महसुस गराउनेछ । मन पराउनेहरूले घुमाउरो भाषा प्रयोग गरी प्रेम प्रस्ताव राख्न सक्छन् । व्यवहार गर्दा संयम अपनाउनुहोला । हेलचेक्र्याइँपूर्ण यात्राले आर्थिक नोक्सानी पुर्‍याउनसक्छ । नयाँ काम सफल तुल्याउन खर्च तथा मेहनतको आवश्यकता पर्नेछ । 

भदौ महिनाकाे राशिफल

मेष  

भौतिक साधनहरू प्राप्त हुनाले महत्त्वाकांक्षी योजना प्रारम्भ हुन सक्छ। दिगो फाइदा हुने कामको जग बसाउने समय छ। दोस्रो सातासम्म स्थिति अलि प्रतिकूल रहनेछ। साझेदारीमा समस्या आउनेछ भने सगोलको सम्पत्तिमा विवाद आउन सक्छ।

नोकरी तथा व्यावसायिक काममा केही चुनौती भने देखापर्न सक्छन्। केही दौडधुप गर्नुपरे पनि विशेष अवसर प्राप्त हुनेछ। तेस्रो सातादेखि आर्थिक पक्षमा विशेष उन्नति हुनेछ। घरायसी समस्यामा घरभित्रै समाधान खोज्नु श्रेयष्कर हुनेछ।

पेटको समस्याबाट जोगिन खानपानमा सजग रहनुहोला। बीचमा काम रोकिने र अध्ययनमा बाधा हुने देखिन्छ। प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला।

बृष  

कृषि तथा व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। स्वास्थ्यमा चोटपटक वा ज्वरो जस्ता समस्या देखिएलान्। बिनाकारण आफन्तजन टाढिन सक्छन्। आमा, भूमि, घर र गाईको विषयले केही चिन्ता बढाउन सक्छ। अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुनेछ।

साथीभाइ र बन्धुबान्धवको सहयोग लिने चेष्टा गर्नुहोला। प्रतिष्ठित व्यक्तिसँग मित्रता गाँस्ने अवसर प्राप्त हुन सक्छ। घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने समय भएकाले सजग रहनुहोला। एकसाथ अनेक काम सुरु भए पनि परिवारिक असमझदारीले अप्ठ्यारोमा पुर्याउन सक्छ।

कीर्ति राख्न गरिएको प्रयासले उल्टै क्षति पुर्याउन सक्छ। अध्ययनमा भने सामान्य प्रगति हुनेछ।

मिथुन 

महिनाभर विभिन्न अवसर आउनाले उत्साह जाग्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रारम्भमा वादविवादमा समेत परिने योग देखिएकाले सावधान रहनुहोला। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

नोकरी तथा राजनीति गर्नेहरूलाई लाभ मिल्नेछ। मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। उद्योग–धन्दामा सफलता पाइनेछ। शत्रु र रोगबाट पनि छुटकारा पाइएला। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ।

झुटा आश्वासन बाँड्नेहरूलाई तह लगाउन सकिनेछ। धेरैको भलाइ हुने काम गर्न सकिनेछ। स्वास्थ्यमा चोटपटकको सम्भावना देखिएकाले हतियार र सवारी उपयोग गर्दा सावधान रहनुहोला।

कर्कट  

महिनाको सुरुमा शिर वा आँखाको समस्याले सताउन सक्छ। अवसरका साथ चुनौती समेत देखा पर्ने हुँदा लगनशीलताले मात्र काम बनाउन सकिनेछ।

तापनि प्रयत्न गर्दा आँटेको काम सम्पादन हुनेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ। प्रेममा खटपटी देखापर्नेछ भने गृहस्थी केही अशान्त रहनेछ। समयमा जिम्मेवारी पूरा नहुँदा हातबाट अवसर फुत्कन सक्छ।

व्यवसाय र उद्योगधन्दामा सामान्य फाइदा हुनेछ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। लाञ्छना लगाउनेहरू सक्रिय रहे पनि मेहनतले सामाजिक प्रतिष्ठा दिलाउनेछ।

सिंह  

राजनीतिक अगुवासँग भेटघाट हुन सक्छ। तर, ठूलो काम आँट गर्दा दु:ख पाइनेछ। विलासी वस्तुका लागि धन खर्च हुन सक्छ। परिवारजनमा असमझदारी बढ्ने सम्भावना देखिन्छ। ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले पनि सताउन सक्छ।

स्वास्थ्य कमजोर रहे पनि प्रतिस्पर्धामा फाइदा उठाउन सकिनेछ। तापनि काममा शुभचिन्तकहरूले हौसला प्रदान गर्नेछन्। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुनेछन्।

कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा उठाउन सकिनेछ। बहुमूल्य धातु संग्रह गर्ने योग छ। प्रतिस्पर्धीहरूका माध्यमबाट बढी लाभ हुनेछ। अध्ययनमा समय दिन नसक्नाले पछि परिने सम्भावना छ।

कन्या  

खर्च बढ्नाले आर्थिक अभाव देखा पर्न सक्छ। टाउको वा आँखामा समस्या देखिन सक्छ। अनावश्यक दौडधुपले धन तथा समय खर्च गराउन सक्छ। अप्ठ्यारो समयमा आशा देखाउनेहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।

अध्ययन र व्यवसायमा अलि बाधा हुनेछ। प्रतिकूल स्थानान्तरणले रोजगारीमा समस्या निम्त्याउन सक्छ। वादविवाद र मुद्दा-मामिलाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। विपरीत लिंगी वा केही हितैसी मित्रहरूले साथ दिनेछन्।

तत्काल फाइदा नभए पनि पछि फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्नेछ। अरूका विषयमा धेरै चासो नलिनुहोला। चुनौती देखिए पनि महिनाभरको आयस्रोत भने बलियै रहनेछ।

तुला  

विभिन्न अवसरले पछ्याउनेछन्। रोकिएका काम बन्नुका साथै आकस्मिक लाभ हुने समय छ। आयआर्जनका स्रोतसमेत बढ्नेछन्। दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ। नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्।

प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रतिस्पर्धी परास्त हुनेछन्। व्यापार, कृषि तथा पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ। भोगविलासका सामानहरू समेत प्राप्त हुनेछन्। दोस्रो सातादेखि पहिलेको व्यवहारले आम्दानी बढाउनेछ।

विशिष्ट व्यक्तिहरूसँग नियमित भेटघाट हुनुका साथै प्रतिष्ठित कार्य गर्ने वातावरण तयार हुनेछ। परिवारमा भने केही असमझदारी बढ्नेछ।

बृश्चिक  

विशेष अवसर प्राप्त हुनुका साथै नयाँ काममा हात हाल्ने समय छ। आँटेको काम सम्पादन हुनेछ भने समाजमा आफ्नो प्रभुत्व बढ्न सक्छ। मनग्गे लाभ हुने कामको जिम्मेवारी हातलागी हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।

अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनेछ । मनग्गे अर्थ उपार्जन गर्ने समय छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धनसमेत कसिने समय छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी मनग्गे फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुने सम्भावना छ।

खर्च लागे पनि विशेष काम वा व्यवसायको जग बसाउने समय छ। बिग्रिएको सम्बन्ध पुन:स्थापित हुनेछ। मिहिनेतले कीर्तिमानी दिलाउनेछ।

धनु  

सरोकार नभएका विषयमा रुचि राख्नाले अनावश्यक दुःख पाइनेछ। स्थायी सम्पत्तिमा केही विवाद आउला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ।

बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउन सक्छ। अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ ।

नोकरीमा प्रवेश वा पदोन्नतिको योग छ। देशविदेशको यात्रा गर्ने अवसर जुट्न सक्छ। मेहनत गर्दा आम्दानीका विविध स्रोत फेला पार्न सकिनेछ। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। शुभचिन्तकको सहयोगले विशेष कामहरू बन्नेछन्। साझेदारीका विषयमा भने वादविवाद हुन सक्छ ।

मकर  

काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना छ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। प्रेमसम्बन्धमा खटपटी र दाम्पत्यमा मतभेद देखापर्न सक्छ। आर्थिक अभावले पनि सताउन सक्छ। स्वास्थ्यमा कब्जियत वा ढाड–कम्मर सम्बन्धी समस्याले सताउने देखिन्छ।

केही जरिवाना पनि सम्भावना छ। खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला। मौका आए पनि परिबन्धले पछि पार्न सक्छ। सवारी तथा हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला।

परिस्थितिलार्इ पछ्याउन नसक्दा महत्वपूर्ण वस्तु गुम्न सक्छ। तापनि जुझारु कार्यशैलीले केही काम सम्पादन हुनेछन्। बिस्तारै परिस्थिति अनुकूल बनाउन सकिनेछ।

कुम्भ  

अरूको भरपर्दा काम रोकिन सक्छ। विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्ता पछि परिनेछ। बलजफ्तीले पनि काममा बाधा हुन सक्छ। आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ। जीवनसाथीलाई समेत केही पीडा हुने ग्रहयोग छ।

सरकारी कामकाजमा विलम्ब हुनेछ। तापनि सुखदुःखमा साथ दिने शुभचिन्तकहरू भेटिनेछन्। आस मारेको काम बन्नाले केही उत्साह जाग्नेछ। व्यवसायमा लगानी बढाउन सकिनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला।

बिस्तारै नयाँ काम सुरु हुनेछन्। रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ। घरखर्च बढ्नेछ भने आयआर्जनमा केही कमी आउने सम्भावना छ।

मीन  

अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर हुन सक्छ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा पछि परिनेछ। समयकाे सदुपयोग गर्न नसकिएला। तापनि चुनौती पन्छाएर नयाँ काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७